ट्रेन्डीङ्ग
राजु प्रसाद लामिछाने “जुदने “
नारीहरुले के त्यस्तो  गुण लगाएछन कुन्नी, महादेब खुशी भएर  “हरेक घरमा तिमीहरुको हैकम चलोस, जिध्दी गरेर वा घुर्की लगाएर भएपनी लोग्नेहरुलाई आफ्नो काबुमा राख्न सके” भनि बरदान दिएछन । बरदान पाएका नारीहरुको नचाहिँदो  हैकम र रातदिनको कचकचले पिडित भएका पुरुषहरु महादेब कहाँ गुनासो लिएर गएछन । पुरुषहरुको दयनिय अबश्था  देखि महादेब स्वयम धर्तीमा आएर  नारीहरुलाई सम्झाएछन  । “हे नारी हो, तिमीहरुको जिध्दीपन  र रातदिनको कचकचले तिम्रा लोग्नेहरुको अबश्था दयनिय भएको छ । यसरीनै कचकच गरी रह्यौ भने तिम्रा लोग्नेहरू छिट्टै मर्नेछन , यदि तिमीहरु आफ्ना लोग्नेको लामो आयू चाहन्छौ भने मौन ब्रत बस” भनि कैलाश तिर उकालो लागेछन ।
       नारी अनी मौन , यो नारीहरुको लागी मुस्किलको कुरो भयो । त्यसैले महादेब कैलाश तिर उकालो लाग्नासाथ नारीहरुले  कुरो बँगाएर “महादेवले हामीलाई मौन ब्रत हैन साउन ब्रत बस्नु भनेका हुन ” भनेर साउनको ब्रत बस्न थालेछन । कचकच त घटेन घटेन साउनको खेतीपाती गर्नुपर्ने समयमा नारीहरु हात बाधेर बसिदिँदा पुरुषहरुलाई झन समस्या थपिएछ ।  अरु कुनै उपाय नलागेपछि पुरुषहरु फेरी महादेवको शरणमा पुगेर समस्याको बेलिबिस्तार लगाएछन । आफ्नो आज्ञा नमानेको सुनेपछी महादेबलाई नारीहरुसित सार्है रिस उठेछ र तु धर्तीमा आएछन । सबै नारीहरुलाई जम्मा पारी बेसरी हकार्दै “हे मुर्ख नारी हो, तिमीहरुले मेरो आज्ञाको अपमान गर्यौ र आफ्ना पुरुषहरुको पनि अपहेलना गर्यौ, तिमीहरु नारीहरु बाटै अपहेलित भए।” भनी  श्राप दिँदै “अब तिमीहरुले अन्न हैन हरियो घाँस खाओ” भनेर अन्तर्ध्यान भई कैलाश गएछन । ।
पुरुषहरुको अनुहारमा केही खुशी आउन नपाउँदै, बाठी नारीहरुले फेरी  कुरा बँंगाएर महादेबले उनीहरुलाई अन्नको साटो हरियो घाँस खाओ भनेका नभै हरियो काँस का चुरा लगाओ भनेका हुन भनेछन । त्यती बेला देखिनै नारीहरुले आफ्ना पुरुषको आयू बढोस भनेर खेतिपाती गर्नुपर्ने साउन महिनामा ब्रत बसी हरियो चुरा लाउने चलन चलेको हो भनेर जुदनेको ब्यग्य कथामा लेखिएको छ ।
यस्ता वैगात कुरामा के विश्वाश गर्नु । यसमा विश्वास लाग्दो कुनै बैज्ञानीक आधार पनि छैन, केबल चलाख नारीहरुले हामी सोझा पुरुषहरुलाई उल्लु बनाएका मात्र हुन । अब साउन पछी तिज आउँछ फेरी नारीहरुले महादेबकै नाउँमा तीज भनेर महिना दिन अगाडि बाट लाउने र खाने कुरामा प्रतिस्प्रधा गर्छन । नारीहरुले गरेको अन्याय हामी पुरुषहरुले कतिन्जेल सहने । आखिर सहि कुरो के हो त भनेर हालसालै एकथरी पुरुषहरु फेरी महादेबलाई भेट्न गएछन । कैलाशको ढोकामा पुगेर “प्रभु, प्रभु, हे भोलेनाथ” भनेर बोलाउँदा पनि केही जवाफ नआए पछी पीडित पुरुषहरु बिस्तारै महादेबको दरवार भित्र पसेछन ।
खोज्दै जाँदा पार्वती रातो सारी र हरियो चुरा लगाएका आफ्ना सेल्फी फेसबुकमा अप्लोड गर्दै रहिछन भने महादेब भान्छामा घुंडा टेकेर मसला पिस्दै  रहेछन । यत्तिकैमा पार्वतीले महादेबलाई भनिछन “हे मेरो जानु… भोलु, खानाको परिकार मिठो मात्र हैन, हेर्दा राम्रो पनि बनाउ है, मेरो ईज्जतको सवाल छ , फोटो खिचेर फेसबुकमा राख्नु छ क्या ।” यसरी देउताका पनि देउता महादेवको हालत पनि आफुहरुको जस्तै  देखेपछी बिचरा  पुरुषहरु चुपचाप आ-आफ्ना घर फर्केछन ।
अस्तु ।  ~राजु प्रसाद लामिछाने “जुदने”
नोट: “साउनको ब्रत पुरुषहरुको मर्का” ब्यङ्य एक बिशुध्द मनोरन्जनको लागि अघिल्लो सालको गाईजात्राको लागि लेखेको थिएँ, प्रकाशन भएको थिएन । यसमा कुनै धार्मिक र लैङिगक पुर्वाग्रह छैन, अन्यथा नसोचिदिनु हुन अनुरोध गर्दछु । ~लेखक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय