
नौबहिनी गाउँपालिकामा सामुदायिक विद्यालयका प्रधानाध्यापक, वि.व्य.स. अध्यक्ष, जनप्रतिनिधि तथा सरोकारवालाका लागि नेतृत्व विकास तथा शैक्षिक सुधार रणनीति निर्माण कार्यशाला सम्पन्न भएको छ ।
नौबहिनी गाउँपालिकाको आयोजना तथा पिपल सर्भिस प्रा. लि. काठमाडौको प्राविधिक सहयोगमा भएको कार्यशालाले शैक्षिक सुधारका महत्त्वपूर्ण आयामहरुको विषयमा छलफल भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले जिल्लामै नौबहिनी पहिलो पटक यति ठुलो र महत्त्वपूर्ण कार्यशाला गरेको ब्ताउनु भएको छ । शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि शिक्षकले वा कुनै एक पक्षले मात्र सम्भव छैन, शिक्षामा गुणस्तर ल्याउन र शिक्षामा सुधार गर्नका लागि सा-साना कुरामा पनि ख्याल गर्नु पर्ने उहाँले बताउनुभयो । समस्या पहिचान गर्नु भन्दा अरुलाउ दोष देखाएर आफु बच्ने काम नरोकिए सम्म शिक्षामा सुधार सम्भव नहुने समेत उहाँले बताउनुभयो ।
यस्तै उपाध्यक्ष विस्ना थापाले कार्यक्रममा बोल्दै कार्यक्रममा सहभागी भएर सिकेका कुरालाई प्रमुख उपलब्धिका रुपमा परिणत गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले शिक्षा क्षेत्र बिग्रिने प्रमुख कारण समस्याको पहिचान हुन नसक्नु भएको बताउदै समस्या पहिचान गरी एक-एक गर्दै सुधार गरे शिक्षाको गुणस्तरमा सुधार हुने बताउनु भयो ।
पालिकाले शैक्षिक अभियान-२०८२ घोषणा सङ्गै अभियान समिति चयन गरेको छ । जसको अभियान संयोजक घन बहादुर बुढा मगर, अतिरिक्त क्रियाकलाप संयोजक हर्क बहादुर के. सी., परिक्षा समिति संयोजक मोहन ज्ञवाली, पेशागत तालिम उत्पादन संयोजक भिम बहादुर घर्ती मगर, संघ संस्था समन्वय तथा नीति व्यवस्थापन समिति संयोजक इश्वर थापा मगर, शैक्षिक अनुशासन तथा नवप्रवर्तक समिति संयोजक बसन्त भण्डारी, समुदाय परिचालक तथा अभिभावक समन्वय समिति संयोजक विष्णु घिमिरे, सहित समितिको सदस्य सचीव मेघराज बोहरा रहने गरि अभियान समिति चयन गरेको छ ।
यस्तै सल्लाहकार समितिमा गाउँपालिका उपाध्यक्ष विस्ना थापा, जिल्ला शिक्षा समन्वय इकाई प्युठानका प्रमुख दुर्गा खड्का, नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल चयन हुनुभएको छ ।