ट्रेन्डीङ्ग

प्यूठानमा प्रथम भित्रिकोट प्यूठान महोत्सब सञ्चालन हुने भएको छ । प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको मुख्य आयोजनामा महोत्सव हुन लागेको हो । आइतबार बिहान पत्रकार सम्मेलन गरी महोत्सव आयोजनाको उदद्धेश्यबारे जानकारी दिइएको छ ।

प्रस्तावित प्रदर्शनी स्थल प्यूठान नगरपालिका ७, टिकुरी बसपार्क जनिकै आगामी पौष ५ गतेदेखि १७ गतेसम्म महोत्सव आयोजना हुन लागेको प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलीखानले बताउनुभयो ।

महोत्सबमा कृषि उपज तथा स्थानीय उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराउने र प्यूठानमा दर्ता भई सञ्चालनमा रहेका व्यवसायीलाई प्यूठान उद्योग वाणिज्य संघको सिफारिसमा ५० प्रतिशत कम शुल्कमा स्टल उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

महोत्सबको आम्दानीबाट बिजुवारमा रहेको आफ्नै जग्गामा प्यूठान नगर बजार इलाकाको सचिवालय भवन सहित ट्रस निर्माण गर्ने उद्धेश्य रहेको छ ।

महोत्सवमा ठूलो स्क्रिनमा प्युठानका विभिन्न पर्यटकीय क्षेत्र, तथा कला संस्कृतिको डकुमेन्ट्री समेत प्रदर्शन हुनेछ भने ठूलो धनराशिको पुरस्कार सहित प्युठान डान्स आइडल सिजन-२ पनि सञ्चालन हुने अध्यक्ष खानले बताउनुभयो ।

१३ दिनसम्म चल्ने महोत्सबमा करिब ८० हजारदेखि १ लाख जनाले महोत्सब अबलोकन गर्ने र करिब २ करोड रुपैया बरावरको करोवार हुने अपेक्षा गरिएको छ । जस अन्तर्गत अपांग, ज्येष्ठ नागरिकहरुलाई निशुल्क, विद्यार्थीलाई परिचय पत्रको आधारमा ५० र सर्वसाधारणलाई ८० रुपियाँको दरले टिकट शुल्क लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय