ट्रेन्डीङ्ग

नयाँ जनप्रतिनिधि आएसँगै उनीहरुको निसानामा करार कर्मचारीहरु परेका हुन् । स्वर्गद्वारि नगरपालिकाले करार सेवामा कार्यरत ३४ जना कर्मचारि एकैपटक हटाएको थियो । करार कर्मचारी हटाउँदा स्थानीय तहमा नियमित सेवा प्रभावित बनेको थियो ।

जनप्रनितिधिले करार कर्मचारी हटाउँदा स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य संस्था सबैभन्दा बढी प्रभावित बनेका हुन् । स्वास्थ्य संस्थामा नियमित सेवा प्रभावित हुँदा र जनताको बढ्दो जनगुनासो थेग्न नसक्दा नजप्रनितिधिले कर्मचारी हटाउँदै थमाउँदै गर्न थालेका हुन् ।

स्वर्गद्वारि नगरपालिकामा जनप्रतिनिधिको आफुखुसि निर्णय गर्ने शैलिले नगरवासि हैरान बनेका छन । करार सेवामा कार्यरत कर्मचारिहरूको म्याद थप नहुँने जानकारी गराउँदै नगरप्रमुख टेकप्रसाद भण्डारीले पत्र काटेका थिए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सहमतिबनै नगरपालिकाबाट ३४ जना हटाइएकोमा पुन १४ जना कर्मचारीलाई पुनरवहाली गरीएको छ । साउन ११ गते बसेको नगर कार्यपालिका बैठकले यिनिहरूलाइ थमौति गर्ने निर्णय गरेको हो । नगरपालिकाकाले कर्मचारी हटाउँदै थमाउँदै गर्ने शैलीले नयाँ जनप्रतिनिधिको गैर जिम्मेवारपुर्ण कमजोरी छताछुल्ल भएको छ ।

जनप्रतिनिधिले सबै कर्मचारीलाई राजनीतिक चश्माले हेर्दा एकैपटक दर्जनौं कर्मचारी निष्कासनमा परेका हुन । नियमति सेवा दिइरहेका कर्मचारीलाई एकै पटक निश्कासन गर्दा, सेवा प्रभावित हुँदा आम जनताबाट गुनासो थेग्न नसकेपछि केहिँ कर्मचारीलाई थमौति गर्ने सहमति भएको अर्को निर्णय भएको छ ।

यो विषयमा आम सर्वसाधारण सहित नेकपा एमाले स्वर्गद्धारी नगरकमिटिले करार सबै कर्मचारी थमौतीको माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । सर्वत्र आलोचनापछि पछि आफ्नै निर्णयबाट नगरपालिका पछि हटेपछि नगरवासि गुणस्तरिय सेवा पाउनबाट सन्तुष्ट हुनेमा आशातित छैनन ।

स्थानीय तहले आवश्यकता अनुसार करारमा कर्मचारी राख्न र हटाउन पाउने प्रावधान रहेपनि उचित कारण खुलाउनुपर्ने हुन्छ ।

करारका कर्मचारीलाई पुन: म्याद थप गर्ने मापदण्ड नै बनाइएको छ । कुनै कर्मचारीलाइ हटाउनुअघि परीक्षा लिन सकिने समेत प्रावधानमा रहेको छ ।  करारका कर्मचारीलाई पुन: म्याद थप गर्दा परीक्षा लिन सकिने र ८० अंक भन्दा बढी ल्याउन नसक्नेको म्याद थप्न नमिल्ने मापदण्डमा व्यवस्था गरीएको छ । यसको नियम बिपरित जनप्रतिनिधिबाट काम भएकाले सर्वत्र बिरोध भएको हो ।

यो समाचार पनि पढ्नुहोस । स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधिहरुद्वारा करार कर्मचारीहरुलाई डण्डा

हेर्नुहोस म्याद थमौती भएका कर्मचारीहरु ।

स्वर्गद्वारी नगरपालिकाले हटाएका ३४ जना कर्मचारीहरु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय