ट्रेन्डीङ्ग

जिल्लाको स्वर्गद्वारी नगरपालिका प्यूठानमा निर्वाचित जनप्रतिनिधिहरुको नजर यहाँ कार्यरत कर्मचारीमा परेको छ । नगरपालिकामा आउँदो ५ वर्षका लागि निर्वाचित जनप्रतिनिधिहरुले करारमा काम गरीरहेका कर्मचारीहरुलाई डण्डा लगाउने भएका छन् ।

साउन ३२ गते बसेको नगर कार्यपालिकाको बैठकले साउन १ गतेदेखि लागु हुने गरी ३४ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने भएको हो । स्वर्गद्वारी नगरपालिकाबाट तलव भत्ता भुक्तानी हुने गरी सेवा करारमा रहेका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत कर्मचारी, कार्यालय सहयोगी, सवारी चालक, उद्यम विकास सहजकर्ता, सामाजिक परिचालक, रोजगार संयोजक, पोषण स्वयंसेवक लगायतहरुको करार सम्झौता नविकरण तथा करार म्याद नथप्ने निणर्य भएको छ ।

नगरप्रमुख टेक प्रसाद भण्डारीद्वारा हस्ताक्षरित पत्र बिभिन्न निकायलाई बोधार्थ दिइएको छ । प्रक्रियागत रुपमा सेवा करारमा रहेका कर्मचारीहरुलाई एकैपटक हटाउने निणर्य भएसँगै यहाँ कार्यरत कर्मचारी रुष्ट भएका छन् । जनप्रतिनिधिहरुबाट ठाडै भर्ना भएकाहरुलाई हटाउनु स्वभाविक भएपनि प्रक्रियागत रुपमा भर्ना भई सेवा दिइरहेका कर्मचारीहरुलाई हटाउनु गलत भएको जानकारहरुको भनाई छ ।

गाउँपालिकामा जनशक्ति बढि भएर हटाउनुपर्ने बाध्यात्मक स्थिती नहुँदा नहुँदै पनि आफूहरुलाई दलिय आस्थाकै आधारमा हटाउन खोजिएको यहाँ कार्यरत कर्मचारीहरुको गुनासो छ । उनिहरुका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित मेयर तथा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित उपमेयरले राजनीतिक पुर्वाग्रही भएर हटाउन खोजेका हुन् ।

राजनीति पूर्वाग्राही साँधेर गाउँपालिकाले कार्यरत कर्मचारीको रोजीरोटी खोसेको गाउँपालिकाका पुर्व जननिर्वाचित जनप्रतिनिधिहरुको भनाई छ । यसअँघि २०७४ सालमा नेकपा एमालेका तर्फबाट मेयर तथा उपमेयर बिजयी भएका थिए ।

यस्तो छ स्वर्गद्वारी नगरपालिकाले काटेको पत्र ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय