
खेतभरी यतिबेला लहलह धान झुलेको छ । चैते धान खेति अब प्यूठानमा अहिले पाक्ने बेला भएको छ । धानको उत्पादन बढाउन वर्षे धानसँगै प्यूठानमा चैते धान खेती गर्न थालिएको हो ।
जिल्लामा पछिल्लो समय दुई बाली धान खेती गर्न थालिएको छ । धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानले चैते धान खेतीको प्रर्वद्धन गर्दै आएको छ ।
यसै साता जिल्लामा गरीएको चैत धान खेतीको जिल्ला स्तरीय टोलीले किसानले लगाएको खेतमै गएर अनुगमन गरीएको छ । अनुगमनबाट अनुगमन टोली सहित चैते धानखेतीबाट स्थानीय कृषकहरु खुसी र उत्साहित बनेका छन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाई प्युठानका प्रमुख चुमानसिंह गिरीले प्यूठानमा बिगत ६ वर्षदेखि धान जोनमा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । जिल्लामा ६ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको उहाँले बताउनुभयो । धान उत्पादन बढाउन २ हजार ७ सय ९९ हेक्टर क्षेत्रफलमा चैते धान खेती पनि गर्ने गरिएको छ ।
चैते धानका लागि चैते ५, हर्दिनाथ १ र हर्दिनाथ ३ प्रयोग गरिएको छ । प्युठान नगरपालिकाको २, ८, १०, ऐरावती गाउँपालिकाको १ र ५ नम्वर वडामा चैते धान खेती गरिएको छ । फागुनमा रोपेर असारमा बाली भित्र्याउने गरि चैते धान खेती गरिन्छ । तर यो वर्ष रोपाइमा करिव १५ दिन ढिला भएकोले पाक्न पनि ढिला गरेको गिरीले बताउनुभयो ।
चैते धान खेती प्रर्वद्धनका लागि सिंचाई कुलो, मेसिन औजार, वीऊ, औषधी उपलब्ध गराउने गरिएको छ । जिल्लामा परियोजना लागु भएपछि धानमा जिङ्क प्रयोग गर्न थालिएको समेत कार्यालय प्रमुख गिरीले बताउनुभयो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।
धान उत्पादन बढाउन प्यूठानमा चैते धान खेती : पाक्न थाल्यो प्यूठानमा धान (भिडियो रिपोर्ट)