ट्रेन्डीङ्ग

भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते झिमरुक गाउँपालिका वडा नं. १ निवासी बिमल सुनारलाई आर्थिक सहयोग गरिएको छ । झिमरुक गाउँपालिका वडा नं. १ का युवाहरुको बिशेष पहलमा बिमल सुनार बचाउ अभियान सञ्चालन गरी आर्थिक रकम संकलन गरीएको हो । अभियानबाट जुटेको १ लाख ६५ हजार ७ सय बिस रुपैयाँ बिरामीको परिवारलाइ बुझाइएको हो ।

अभियन्ताहरुबाट संकलित रकम बिमलको घरमा पुगि हजुर आमा सुमित्रा सुनारलाई हस्तान्तरण गरिएको हो । असार १७ गते प्यूठान खवर डट कममा उपचारको लागि सहयोगको याचना : आर्थिक अभावमा विमलको उपचारमा समस्या समाचार प्रकाशन प्रशारण भएपछी आर्थिक रकम संकलन अभियान संचालन गरीएको थियो । गत असार ६ गते मोटरसाइकल दुर्घटनामा परी दाहिने खुट्टा भाचिएको थियो ।

बिमलको अहिले भारतको हरियाणा जिल्लाको चुडामणिा मल्टीस्पेशलिटी अस्पताल कैम्प चोक हिसारमा उपचार भइरहेको छ । उहाँलाइ अस्पतालको बिशेष कक्षमा राखी उपचार भइरहेको उहाँका मामा हुम बहादुर बि.क. ले बताउनुभयो ।

आर्थिक हिसावले बिपन्न परिवारमा जन्मिएका बिमलको बुवा करिब एक बर्षदेखि बेपत्ता परिवारको सम्पर्कमा हुनुहुन्न । घरमुलि परिवारबाट सम्मपर्क बिहिन भएसँगै घरको ऋण तिर्न र परिवारको गुजाराका लागि बिमल भारतमा रोजगारका लागि काम गर्न जानुभएको हो ।

उपचारमा धेरै रकम लाग्ने भएको हुँदा त्यस माथि घरपरिवारको आर्थिक स्थिति कमजोर भएका कारण विभिन्न संघसंस्था र सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोग संङ्कलन अभियान सुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय