ट्रेन्डीङ्ग

 गत असार ६ गते भारतको हिसारमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भई उपचार गराईराखेका झिमरुक गाउँपालिका वार्ड न १ प्युठान सौतामारेका विमल सुनार अहिले भारतको हरियाणा स्थित चुडामणिा मल्टीस्पेशलिटी अस्पतालमा उपचाररत छ्न।
आफू चढेको मोटरसाइकल एक्कसी नजिकैको रुखमा ठोक्किएर गम्भीर दुर्घटनामा परी उनको दाहिने खुट्टा भाचिएको थियो। बेहोस भएर खेतमा लडेका उनलाई उनिसंङगै काम गर्ने साथीहरु र मामा राजकुमार बि.क.को सहयोगमा उद्धार गरी अस्पताल भर्ना गरेपनी उनको भाचिएको खुट्टाको अप्रेसन गर्नुपर्ने र उपचारमा लाग्ने ५ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने हुँदा आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो।
उमेरले भर्खर १७ बर्षमा लागेका विमल पढने , लेख्ने खेल्ने वेलामा घरको पारिवारिक समस्याका कारण बाल्य अबस्थामामै भारत छिरेका उनी घरपरिवार को एकमात्र साहारा थिए। उनका बुवा बाबुराम सुनार करिब १ बर्षदेखी घरपरिवार र आफन्तहरु बाट सम्पर्कविहिन भएसंङ्गै साहुको ॠण तिर्न र परिवार पाल्न भारत गएका उनी दुर्घटनामा परी अस्पतालको बेडमा आफ्नो जिबन संङ्ग संङघर्श गरिरहदा यस्तो घटना आइलागेको हो ।
आफ्नो छोरा करिब एक बर्षदेखि सम्पर्कविहिन भएपनी नातिको साहारामा बसेकी उनको हजुर आमा सुमित्राले आर्थिक अभावकै कारण उपचार नहुने हो कि भन्ने चिन्ताले सताइरहेको बताउछिन ।
मध्यम परिवारका उनिहरूसंग त्यतिका पैसा जुटाउन कठिन रहेको बताइन । उपचारमा सहयोग सहित जीवन रक्षा गरी आफ्नो खुशी फर्काइदिन आमा जमुना सुनारले अनुरोध गरिन।
ठूलो बज्रपातमा परेको उक्त परिवारको अवस्था देखेर हाल विभिन्न ठाउँमा कार्यरत झिमरुक बासीहरुले विमल सुनार बचाउ अभियान सन्चालन गरेका छन ।                                                                                   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय