
तेजेन्द्र बि.एम. (डाम्री),
प्युठान जिल्लाको सुदुर विकट गाउँ नौबहिनी गाउपालिका वडा न. -५, डामृमा विपद व्यवस्थापन सम्बन्धि बैठक सप्पन्न भएको छ । कोरोना भाइरस (COVID-19) को कारण विश्वभर संक्रमीत र ज्यान गुमाउनेको संख्यामा कमि नआए सङ्गै लक डाउन थप कडा बन्दै गइरहेको छ । लक डाउनलाई मध्यनजर गर्दै वडामा थप व्यवस्थापन तथा लक डाउन पुर्ण पालना गर्न/गराउन यो सतर्कता अपनाएको हो ।
यस नौबहिनी गाउपालिका वडा न. -५, डामृले पनि लक डाउन थप कडा भएसङ्गै वडाको बैठक बस्ने निर्णय गरेको हो । सामाजिक दुरि कायम गर्दै साबिकको प्रत्येक वडाबाट २ देखि ३ जना उपस्थित हुनेगरी बैठकमा बोलाइएको थियो । आगामी दिनमा आउन सक्ने संकट र पर्न सक्ने कठिनाइको विषयमा पनि छलफल बैठकमा गरिएको थियो ।
बैठकमा ५ न. वडाका करीब बाह्र सय घरधुरीलाई तीन पिसका दरले साबुन वितरण गर्ने, ने.रा.मा.वि. डाम्री र गावै मा.वि. गावै, डाम्रीका दुईवटा विद्यालयमा क्वारेन्टाइन व्यवस्थापन गरि अन्तर जिल्लाबाट आउने कुनैपनी व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, लक डाउन पुर्ण पालना गर्ने गराउने र उल्लंघन गरे कारबाही गर्ने, ५ न. वडाभित्र पर्ने आउन थालेका स्थानीय मेला तथा संस्कृतीलाई पुजापाठ/धारधुप गर्न पाउने र बाजागाजा बजाउन तथा व्यापार/ब्यबसाय गर्न नापाउने, छुटेकालाई राहत वितरण गर्ने जस्ता विविध किसिमको छलफल तथा निर्णय बैठकले गरेको थियो ।
यसबारे सामुदायिक प्रहरी साझेदारी, प्रहरी चौकी डाम्रीले पनि सचेततामुलक कार्यक्रमहरु गरिरहेको छ । ५ न. वडाका अध्यक्ष अन बहादुर घर्ती मगरको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । स्वास्थ संस्थाका इन्चार्जलाई समेत यसबारे सचेत हुन र आउने कुनैपनी बिरामिलाई नम्र व्यबहारले लक्षणका औषधि दिएर पठाउन आग्रह अध्यक्षले गर्नुभएको हो । साबुन वितरण तथा क्वारेन्टाइन व्यवस्थापन उक्त वडामा युवाहरुले गर्नेछ भने निगरानी र अनुगमन वडाका अध्यक्ष सहित प्रहरी इन्चार्ज ले समेत गर्ने निर्णय उक्त बैठकले गरेको छ ।
यसर्थ यो संकटको घडीमा वडाका प्रत्येक घरधुरीलाई साबुन बाड्दै सचेत बनाउनमा पर्याप्त युवा जनशक्तिको सक्रियता हुनुपर्ने भएको छ । महामारीको समय छ, यसलाई जित्न युवाहरुबाटै नियमको पुर्ण पालना भै गाउँगाउँमा सन्देश प्रवाह गर्नुपर्ने कुरामा जोड दिदै बैठक समापन गरिएको थियो ।