बिमल प्रसाद पोख्रेल,
प्युठान । बिश्वभर कोरोना सक्रमितहरुको सख्या बढ्दै जाँदा जनमानसमा त्रास उत्पन्न भएको छ । ससारभर महामारी पैदा हुँदा नेपालिहरु घर आउन चाहीरहेका छन । घरायसी समस्याले कामका लागि दोस्रो मुलुक गएकाहरु यतिबेला घर फिर्ता हुन र परिवारसँग भेट गर्न चाहेका छन । रोजगारीका गएका नेपालीहरु जहाँतहि लकडाउनका कारण समस्या र मारमा परेका छन ।
लकडाउनले गर्दा प्रमुख गन्तब्य भारत लगायत तेस्रो मुलुकमा पनि नेपालीहरु अलपत्र अवस्थामा रहेका छन । यो महामारिमा भारत रहेका हजारौ नेपाली लगायत झिमरुकवासीहरु नेपाल सिमानामा आएर अलपत्र रहेको खवर छ । सम्बन्धित निकालयले उद्वारका लागि अनुमति दिए आफु एक्लेले भएपनि ति झिमरुकवासी दाजुभाइ तथा दिदीबहिनीहरुलाइ उद्वार गर्ने युवा नेता प्रमोद पोख्रेलले बताउनुभएको छ ।
“काँचो मिठो जे भएपनि हामीहरु परिवारसँगै छौ, तैपनि जसोतसो गाउँमै बसेका छौ” नेपाली काङग्रेस महाधिवेसन प्रितिनिधि समेत रहनुभएका पोख्रेलले भन्नुभयो, “उद्वारका लागि झिमरुकवासीले आफुलाइ बारम्वार फोन र म्यासेज गरीरहेका छन ।” स्थानीयह तहले उद्वार पश्चात क्वारेन्टाइनको ब्यवस्थापन गरी स्थानिय, प्रदेश, तथा सघिय सरकारले पास उपलब्ध गराएमा आफु उद्वारका लागि सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत सार्जनिक गर्नुभएको छ । सामाजिक सञ्जालमा राम्रा नराम्रा दुबै खाले टिप्पणी आएपनि रोगले भन्दा भोकले मर्न नदिन आफुले सहयोग गर्न खोजेको उहाँले जानकारी दिनुभयो ।