ट्रेन्डीङ्ग

प्यार अलि खाँन, 

प्युठान । पछिल्लो समय युवा पुस्ता माझ आफ्नो बेग्लै छाप बनाउन सफल गायक तथा सर्जक नरेश खाती क्षेत्रीले लकडाउनका बिच मायाँ मारेर बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन्। दुई दिनमा ३ लाख भ्यू पाएसंगै गीतको चर्चा परिचर्चा बढेको हो । यो गितको दैनिक भ्युज बढ्ने क्रम जारी नै छ । यस अघि क्षेत्रीकै सिर्जनामा रहेको ‘मेरी छोरी’ बोलको गीतले करोड भन्दा माथि भ्यू पाएको थियो। मायाँ मारेर बोलको गितलाई लिसनिङ नम्बरको रुपमा दर्शक श्रोताहरुले मन पराईदिएको क्षेत्रीले प्रतिकृया दिएका छन्।

 

क्षेत्रीकै शब्द रचना संगीत रहेको गितमा समिक्षा अधिकारीले फिमेल आवाज दिएकी छन्। प्रीज्म स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाई उनकै भाई गायक मेक्सम खातीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। कृष्ण विकको संगित संयोजन रहेको गितमा गायक खाती क्षेत्री गायिका अधिकारीसंगै अन्य कलाकारहरूले समेत अभिनय गरेका छन्।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय