ट्रेन्डीङ्ग

रविन विश्वकर्मा,

प्यूठान : आगामी आर्थिक वर्षका लागि प्यूठानका स्थानीय तहको बजेटमा वृद्धि भएको छ ।चालु आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा आर्थिक वर्ष २०७७ ०७८ को बजेटमा वृद्धि भएको हो । जिल्लाको नौ वटा स्थानीय तहलाई सरकाले २ अर्ब ६९ करोड १९ लाख रुपैया‘ बजेट विनियोजन गरेको छ । यो आर्थिक वर्ष २०७६÷०७७ को भन्दा ४८ करोड ९५ लाखले बढी हो । गत वर्ष सरकारले प्यूठानका स्थानीय तहका लागी कुल २ अर्ब २० करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

 

संघीय सरकारले जिल्लाका नौ वटा स्थानीय तहलाई वित्तीय  समानीकरण, सशर्त अनुदान, विशेष र समपुरक अनुदान गरेर २  अर्ब ६९ करोड  १९ लाख रुपैया‘ बजेट बिनियोजन गरेको हो । गत जेठ  १५ गते अर्थमन्त्री डा  युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकाका लागी उक्त रकम विनियोजन भएको हो ।

 

प्यूठानका २ नगरपालिका मध्ये सबै भन्दा धेरै प्यूठान नगरपालिकालाई ४० करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने ७ गाउँपालिका मध्ये सबै भन्दा धेरै झिमरुक गाउँपालिकालाई ३२ करोड १ लाख रुपैयाँ बजेट विनियोजन  गरिएको छ । गत आर्थिक वर्ष ३४ करोड ८७ लाख रुपैंया बजेट प्राप्त गरेको प्यूठान नगरपालिकाले २०७७ र ०७८ को लागि भने ५ करोड ६५ लाख बढि बजेट प्राप्त गरेको छ । यस्तै गत आर्थिक वर्षमा २५ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन  भएको झिमरुक गाउँपालिकामा यस बर्ष ३२ करोड १ लाख रुपैयाँ बजेट विनियोजन  भएको छ । जुन चालु आ.व.को भन्दा ७ करोड ८५ लाख रुपैयांले बढि छ ।

 

यस्तै चालु आ.ब. मा स्वर्गद्वारी नगरपालिकामा २९ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको थियो भने आगामी आ.व.का लागि ३४ करोड  ४७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकातर्फ सबैभन्दा कम माण्डवी गाउँपालिकामा २३ करोड ७८ लाख रुपैया बजेट विनियोजन गरिएको छ । उक्त गाउँपालिकामा चालु आ.व.मा १७ करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरीएकोमा आगामी आर्थिक वर्ष २०७७/०७८का लागी ६ करोड १७ लाख रुपैया बढि बजेट विनियोजन भएको छ । नौबहिनी गाउँपालिकामा चालु आवको भन्दा ६ करोड ६९ लाख रुपैयां बढि बजेट विनियोजन भएको छ ।

 

२५ करोड ७४ लाख रुपैयां बजेट विनियोजन भएको गाउँपालिकामा नयाँ आवका लागि ३१ करोड ९ लाख रुपैयां बजेट विनियोजन गरिएको छ । यस्तै ऐरावती गाउँपालिकामा पनि चालु आ.व.को भन्दा ८ करोड  ७६ लाख बढि बजेट बिनियोजन भएको छ । गौमखी गाउँपालिकाका लागि २८ करोड रुपैया बजेट प्राप्त भएको छ । यो चालु आवको भन्दा ४ करोड २५ लाखले बढि हुन आउछ । सरुमारानी गाउँपालिकामा चालु आवमा १९ करोड ८५ लाख विनियोजन गरिएकोमा आर्थिक वर्ष २०७७/०७८ का लागि २४ करोड २२ लाख र मल्लरानी  गाउँपालिकामा २४  करोड ५ लाख रुपैया बजेट छुट्याइएको छ । प्युठानबाट मध्यान्ह डेलिमा प्रकाशित समाचार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय