ट्रेन्डीङ्ग

प्युठान खवर। जिल्ललाको झिमरुक गाउँपालिका वडा नम्बर २, बादिकोटले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण समुदायमा फैलन नदिन सर्वपक्षीय बैठक बसि विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ । भारत तथा अन्य ठाउबाट स्थानीयहरू स्वदेश फर्कने क्रम बृद्दि भएसंगै वडा कार्यालयले जेठ ९ गते बैठकको आयोजना गरिएको हो ।

 

यस वडाको छिमेकि जिल्ला गुल्मिको मदाने गाउपालिका पुरकोटका एक शिक्षकलाइ कोरोना संक्रमण पुष्टि भइ मृत्यु समेत भएकाले वडा कार्यालयले उच्च सतर्कता  अपनाउदै सामुहिक निर्णय गरिएको अध्यक्ष बल बहादुर महतराले बताउनुभयो । साथै बैठकका निर्णयहरू उल्लङघन, अटेर गरेको पाइएमा र लकडाउन कार्यान्वयन पालना नभएको भेटिएमा समेत कानुनि कार्वाहि चलाइने भएको छ । यसैबिच निर्णय कार्यान्वयन तथा भारतबाट गाउँ फर्कियकाहरूलाइ उचित ब्यवस्थापनका लागि सामुहिक रूपमा कार्य गरिदै आएको छ । उनिहरूबाट समुदायमा सन्त्रास नहोस भन्नका लागि शिक्षक, बुद्दिजिवि, समाजसेवि एवं जनप्रतिनिधिहरू सामुहिक रूपमा खटिदै आएका छन ।

बैठकका निर्णयहरू के के हुन ? हेर्नुहोस ।

१, अन्तर जिल्ला आवत- जावत बन्द गर्ने

२, वडा भित्रका सबै पसले तथा पेसागत व्यावसायिहरुले सबै किसिमका सुरक्षा मापदण्ड अपनाउने

३ निर्माण कार्य संचालन गर्दा आन्तरिक कामदारको प्रयोग गरि सामाजिक दुरि कायम गरि गर्ने

४ मृत्यु संस्कार को १३ औं दिनमा भतेर नलगाउने ,तथा जिल्ला बाहिर बाट प्रवेश नगराउने ,

५ अत्यावश्यक काम बाहेक वडा भित्र अनावश्यक घुमफिर र भिड जम्मा तथा खेल संचालन नगर्ने, नगराउने

६ अत्यावश्यक खाद्यान्नका गाडी ,एम्बुलेन्स , निर्माण सामाग्री ढुवानी गाडी बाहेक अन्य सवारी साधन चल्न रोक लगाउने

७ खानेपानीका धारामा कम्तीमा १मिटर दुरीकायम राखी खानेपानी आपूर्ति गर्ने, सामाजिक तथा सरकारी संस्थाहरुमा दुरी कायम राखी कार्य संचालन गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय