ट्रेन्डीङ्ग

प्युठान खबर । प्युठान जिल्लाको प्रमुख नाका प्युठान प्रवेशद्वारमा स्थानीयले कडाइका साथ चेकजाच गर्न थालेका छन् । दोस्रो मुलुक भारतबाट आउनेहरू तथा छिमेकि जिल्ला दाङ, कपिलवस्तु, गुल्मि लगायतका ठाउमा कोरोना संक्रमण पोजेटिभ देखिन लागेसंगै स्थानियले कडाइ गर्न थालेका हुन ।

सरूमारानि गाउपालिका संग संगै जोडिएको यस प्रवेशद्वारमा भारतबाट जो कोहिलाइ पनि गाउपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा सिधै पठाउने बताएको छ । रोल्पाा र प्युठान जिल्लाको प्रमुख नाका भएकाले लुकिछिपि भारतबाट आउने ब्यक्तिबाट कोरोना संक्रमणको स्थानियलाइ संक्रमित भएका ब्यक्ति प्रवेश गर्दा जोखिम रहेको उनिहरूको भनाइ छ ।

दिनप्रतिदिन छिमेकि जिल्ला सहित नेपालभर कोरोना संक्रमित बढ्दै गएको र असावधानिले नै यो रोगको सिकार अकालमै बन्न सकिने भएकाले सुरक्षा सतर्कता अपनाउन यस्तो गरिएको हो ।

यसैबिच जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाइका चौकिहरूले पनि लकडाउन कार्यान्वयन तथा सिमा नाका प्रवेशद्वारमा कडाइ गरिरहेको छ । जिल्ला बाहिर तथा एक गाउपालिकाबाट अर्को गाउपालिका प्रवेश गर्न अत्यावस्यक काम बाहेक अज्यलाइ दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय