ट्रेन्डीङ्ग

तेजेन्द्र बुढा मगर_प्युठान
प्युठानका नौ वटै स्थानीय तहहरुले धमाधम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिरहेका छन् । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मुल नाराका साथ गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिरहेका छन् । आज माघ ५ गते बिहिवार देखि नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बाहने प्युठानले विविध खेलकुद प्रतियोगिताका साथ रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेको छ । प्रतियोगितामा पालिकाका १० वटा माध्यमिक विद्यालयहरुको उत्साहजनक सहभागिता रहेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा नौबहिनी गाउँपालिकाद्वारा मिति २०७९ माघ ५ देखि २०७९ माघ ८ गते सम्म गाउँपालिका स्तरीय दोश्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सञ्चालन हुने कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभएको छ ।

प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला भलिबल, १०० मिटर दौड, २०० मिटर दौड, लङ्गजम्प, हाईजम्प, सट्फुट, ज्याब्लिङ  थ्रो तथा त्रिपल जम्प लगायतका खेलहरु सञ्चालन हुने जानकारी अध्यक्ष थापाले दिनुभएको छ ।

यो सङ्गै माघ ४ गते देखि सरुमारानी गाउँपालिकाले प्रतियोगिता सञ्चालन गरेको छ भने यस अघि प्युठान नगरपालिकाले राष्ट्रपति  रनिङ शिल्ड प्रतियोगिता सप्पन्न गरिसकेको छ । यता गौमुखी र ऐरावती गाउँपालिकाले २०७९ माघ १२ गतेदेखि रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी गरिरहेको छ । यस्तै स्वर्गद्वारी नगरपालिका,  मल्लरानी, झिम्रुक र माण्डवी गाउँपालिकाले भने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने तयारीमा रहेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय