प्युठान,
“विवादकाे साटाे मेलमिलापकाे बाटाे” भन्ने मुल नाराका साथ प्युठान नगरपालिका ६ माझ्काेटमा मा न्याकिक अधिकार सम्वन्धि दुई दिने सचेतना कार्यक्रम संचालन भएकाे छ । शनिबार बाट अाइतवार सम्म संचालन हुने कार्यक्रम प्यूठान नगरपालिका कानुन ईकाई र वडा कार्यालयकाे आयाेजनामा कार्यक्रम संचालन भएकाे हाे ।
वडा भित्रका टाेल सुधार समिति,महिला समूह, वडा भित्रका दलका प्रतिनिधि लगाएत नागरिक अगुवाहरुलाई तालिम दिएकाे वडा सचिव सुमन पुन ले बताउनु भयाे ।
तालिम दुई दिन सम्म सन्चालन हुनेछ तालिममा मेलमिलाप समन्धि जानकारि, न्याकिक समितिकाे भुमिका , सामन्य विवादमा मेलमिलाप समन्धि सचेतना दिन थालिएकाे पुन ले बताउनु भयाे । तालिमकाे प्रमुख प्रशिक्षक तामा काेसि सेवा समिति (राष्ट्रिय मेलमिलाप परिषद ) हिमाल ढुङ्गेल र मन्जु कार्कि खड्का ले सहजिकरण गर्नु भएकाे छ । कार्यक्रममा वडा भित्रका करिव ४५ जनाकाे सहभागी रहेकाे छ ।
वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्युठान नगरपालिका ९,१० र २ मा कार्यक्रम गरिसकेकाे र वाकि नगरपालिका भित्रका सवै वडामा संचालन गरिने प्युठाननगरपालिका कानुन ईकाई प्रमुख दिपक पाैडेलले जानकारि दिनु भयाे।