ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा प्रजननका लागि बोयर बोका वितरण गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेट अन्तर्गत नौबहिनी गाउँपालिका भित्रका कृषि तथा पशुपन्छी फर्महरुलाई बोका वितरण गरेको हो ।

गाउँपालिकाले १३ वटा फर्म सञ्चालकहरुलाई प्रजननका लागि १/१ वटा बोयर बोका वितरण गरेको हो ।

जस अन्तर्गत देउराली कृषक समुह नौबहिनी-४, त्रिवेणी कृषि तथा पशुपन्छी कृषक समुह नौबहिनी-८, गैरीधारा कृषि तथा पशुपालन कृषक समुह नौबहिनी-३, लालीगुराँस कृषि तथा पशुपन्छी कृषक समुह नौबहिनी-६, मिलिजुली कृषि तथा पशुपन्छी व्यवसायी संस्था नौबहिनी-६, सक्रिय फलफूल तथा पशुपन्छी कृषल समुह नौबहिनी-१, विसुन धारा कृषक समुह नौबहिनी-१, ओखलेवाद कृषि तथा पशुपन्छी पालन कृषक समुह नौबहिनी-६, भुमेथान कृषि तथा पशुपालन कृषक समुह नौबहिनी-६, उत्पादनशील कृषि तथा पशुपन्छी कृषक समुह नौबहिनी-६, पौरखी कृषि तथा पशुपालन कृषक समुह नौबहिनी-६, देविस्थान कृषि तथा पशुपन्छी कृषक समुह नौबहिनी-७ र नौबहिनी स्मार्ट गाउँ नौबहिनी-२ लाई गरि १३ ओटा कृषक समुहलाई १४ वटा बोयर बोका वितरण गरिएको छ ।

गाउँपालिका वासीको आर्थिक स्तरलाई वृद्धि गरि आयआर्जनमा सहजता ल्याउने उद्देश्यले यो कार्यक्रम लिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो ।

गत आर्थिक वर्ष पनी यो कार्यक्रम गरिएकोमा यस वर्ष सोही कार्यक्रमलाई निरन्तरता दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय