
आगलागी हुँदा पशुचौपायाको क्षति भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ खारखोला निवासी ओम बहादुर सुनारको गोठमा अन्दाजी १२ बजे आगलागी हुँदा पशुचौपायाको क्षति भएको हो ।
आगलागी हुँदा दुई बाख्रा र एउटा कुकुर समेत जलेर नष्ट भएको छ । यस्तै २ वटा गोरु र एउटा भैसिको भने केही भाग जलेको छ । स्थानीयहरुको सहयोगमा आगो नियन्त्रण गरि पुरै जल्न नदिएको स्थानीय हिमाल छन्त्यालले जानकारी दिनुभएको छ ।
बिहानै देखि पानी परेसङ्गै बढेको चिसोको कारण सम्पत्तिलाई न्यानोका लागि बालिएको आगोबाट पुरै गोठ जलेको र मानवीय क्षति भने नभएको छन्त्यालले जानकारी दिनुभएको छ ।