
प्यूठान खवर । जिल्लामा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । बुधबार थप १८ जनामा कोरोना पुष्टि भएसँगै प्युठानमा कोरोना संक्रमित ७३ पुगेको हो । भारतका विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेकाहरु मध्यमा कोरोना संक्रमण संक्रमित भेटीएका हुन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौमा बुधबार गरिएको परीक्षणमा प्यूठानका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीले बताए । यसअघि जिल्लामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।
बुधबार पुष्टि भएका संक्रमित सबै २२ देखि ४४ वर्षका पुरुष छन । संक्रमितमध्ये नौबहिनी गाउँपालिकाका ३ जना, प्यूठान नगरपालिकाका ४ जना, माण्डवी गाउँपालिका ९ जना र स्वर्गद्वारी नगरपालिकाका २ जना छन् ।
सबै जनालाई स्थानीय तहले निर्माण गरेका आइसोलेसन सेन्टरमा राख्ने तयारी छ । प्यूठानबाट स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि पठाइएका ५ स य ४० जनाको पीसीआर रिपोर्ट आउन अझै बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
क्वारेन्टाइमा अझै ३ हजार ५ सय भन्दा बढि रहेका छन । स्वाब निकालेर पीसीआर परीक्षणको लागि पठाइएका ५ सय ४० जनाको रिपोर्ट आउन अँझै बाँकी रहेको छ । संक्रमितको सख्या ७३ पुगिसक्दा संक्रमित पुष्टि भएकाहलाइ आधारभूत सुबीधा समेत नभएका क्वारेन्टानमै आइसोलेसन भनेर राखिदै आएको छ ।
सामान्य पूर्वाधार नभएका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिदा संक्रमितलाई उपचारको नाममा सास्ती हुने गरेको छ । कोरोना संक्रमितलाइ ‘भगवान् भरोसा’ मा मात्र नभइ दक्ष स्वास्थ्यकर्मी, औषधि र उपकरण सहितको जिल्लास्तरीय आइसोलेसन सेन्टर बेलैमा सञ्चालन गर्न पहल जरुरी रहेको छ ।