ट्रेन्डीङ्ग

प्यूठानमा जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज बिहिबार देखी सुरु भएको छ । प्युठान नगरपालिका ४ बिजुवार स्थित गणतान्त्रिक खेलमैदानमा बिभिन्न विधाका खेलहरु सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका नौ वटै स्थानीय तहको सहभागिता रहेको छ । तिनदिन सम्म चल्ने खेलमा भलिबल, कब्बडी, रिले दौड, दौड मार्सल आर्टस, एथलेटिक्स, लगाएत विविध प्रतियोगिताहरु हुदैछन् ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा गणतान्त्रीक खेल मैदान विजुवारमा खेल सुरु भएको हो । खेलमा प्रत्येक पालिकाबाट करिब ६०/६० जना खेलाडीहरुको सहभागी रहेको छ ।
रनिङ्ग शिल्डको उद्घाटन गर्दै लुम्विीनी प्रदेश सभा सदस्य धनलक्ष्मी क्षेष्ठले खेलमा राजनीतिकरण नगरी स्वच्छ तवरले खेल खेलाउनु पर्ने साथै उहाँले जिल्लाको समग्र विकासमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउदै विकासको राजनीति गर्नु पर्ने बताउनु भएको छ ।

तिन दिन सम्म संचालन भएको खेलबाट उत्कृष्ट खेलाडीहरु छनोट गरी प्रदेश स्थरीय खेलमा सहभागि हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय