ट्रेन्डीङ्ग

दिपक वली_घोराहि २१ बैशाख
गुरुकुल एकेडेमि दाङ घोराहिमा अध्यनरत कक्षा १० का बिद्यार्थि दीपेश वली र कक्षा ९ कि छात्रा प्रज्ञा अधिकारी निर्वाचन प्रकृया बाट कप्तान तथा उपकप्तानमा छनौट भएका छन् । लोकतान्त्रीक विधि उच्च प्रतीस्पर्धा, मतदान शिक्षा, मतपरीणाम जस्ता कुराको बारेमा सैद्धान्तिक तथा ब्यबहारीक ज्ञान दिनका लागी बिद्यार्थिहरुलाई चुनावी माहोलमा अव्ययस्थ बनाउनको लागि बिद्यालयले कप्तान, उपकप्तान तथा सदन कप्तान र उपकप्तान चुनेको हो ।

बिद्यालयका अनुशासन संयोजक थिन्ले वाङदी भुटिया मुख्य निर्वाचन अधिकृत भएर गरीएको निर्वाचनमा कप्तानतर्फ ३ जना र उपकप्तानतर्फ ४ जनाले भाग लिएका थिए । कुल २६८ मत खसेकोमा कप्तानतर्फ बिद्यार्थिहरु प्रक्षित खड्का १० र उत्सव पोख्रेलले १२४ मत लिएका थिए भने दीपेश वली १२५ मत लिएर बिजयि भएका हुन । यस्तै उप कप्तान तर्फ गौरी पोख्रेलले ७१, पुष्पा पुनले ५६ मत र परी महराले ४८मत लिएका थिए भने प्रज्ञा अधिकारीले ८० मत लिएर निर्वाचित भएकि थिइन । कप्तानतर्फ दीपेशवलीले आफ्ना निकटतम प्रतिद्धन्दि उत्सव पोख्रेल संग १ मतको मतान्तरले बिजयि भएको हुन भने भने उपकप्तान तर्फ ९ मतको मतान्तरमा प्रज्ञा अधिकारी बिजयि भएकि हुन । कप्तान र उपकप्तान को चुनावमा मत संख्या २९० जनामा २६८ मत खसेको थियो । कप्तान र उपकप्तान तर्फ ५ मत बदर भएको बिद्यालयका अनुशासन संयोजक तथा निर्वाचन अधिकृत थिन्ले वाङदि भुटियाले जानकारीदिनुभयो ।

बिद्यालयका शिक्षकहरु अरबिन्द अधिकारी, आशा चौधरी, भुवन आचार्य लालबहादुर रावत र संजय रोका मतदान सहायकको रुपमा खटिनुभएको थियो भने शिक्षकहरु इशा राणा क्षेत्रि, संगिता बस्नेत, शान्ता आचार्य निर्वाचिन आयोगका समितिको रुपमा खटिनुभएको थियो यसैगरी बिद्यालयका सहयाक प्रधानाध्यापक मुकुन्द गिरीले कार्यसम्पादन गर्नुभएकोथियो । पर्यवेक्षकमा सहायक प्रधानाध्यापक मुकुन्द गिरी र प्रधानाध्यापक डा. कृष्णराज डिसि रहनुभएको थियो । बिजयी विद्यार्थीलाई प्रमाणपत्र र सपथ ग्रहण बिद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरे र प्रधानाध्यापक डा. कृष्णराज डिसिले गराउनुभएको थियो ।

यसै गरी गुरुकुल एकेडेमीका बिद्यार्थिहरुको ४ समुहमा बिभाजन गरीएको छ । यि ४ समुहको पनि कप्तान तथा उप कप्तान यहि निर्वाचनबाट चुनिएका छन । रुवि समुहको कप्तामा अंशु खनाल ४९ र उप कप्तानमा प्रज्ञा थापा ३९ निर्वाचित भएका छन । यसै गरी एमरल्ड समुहको कप्तानमा एलोन केसि ३७ र उप कप्तानमा प्रेगेन्द्र बस्नेत ४६ , सफायर समुहको कप्तानमा एन्जस चन्द ४० र उप कप्तानमा कृतज्ञ अधिकारी ४० र टोपाज समुहमा कप्तान कुन्दन केसि ४५ र उप कप्तान अनुभव पान्डे २५ मतका साथ निर्वाचित भएका छन । निर्वाचनको सम्पुर्ण ब्यबस्थापन बिद्यालयका नेपाली बिषयका बिभागिय प्रमुख तथा शिक्षक विवेक देवकोटाले गर्नुभएको थियो । भने सहायक प्रधनाध्यापक मुकुन्द गिरीको संयोजकत्वमा निर्वाचन भएको थियो । नव निर्वाचित कप्तान तथा उप कप्तानहरुले बिद्यालयकोअनुशासन र अन्य गतिबिधि सुधार गर्नको लागि महत्वपुर्ण भुमिका रहने बिद्यालयको बिश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय