ट्रेन्डीङ्ग

गएराती चट्याङ लागेर डामृमा पशुचौपायाको क्षति भएको छ । नौबहिनी गाउँपालिका-५, डाम्री बरेवानमा मंगलबार अन्दाजी ६ बजेको समयमा चट्याङ पर्दा स्थानीय कर्मलाल पुनको गोठमा बाढेका पशुचौपायाको क्षति भएको हो ।

हावाहुरी र पानीसंगै परेको चट्याङ्ले स्थानीय पुनको एक हल गोरू, २ वटा गाइ र एउटा बाच्छो समेत मरेका छन् । चट्याङले बिद्धुत मिटर समेत जलेर नष्ट भएको छ । चट्याङ पर्दा मानवीय क्षति भने नभएको डामृ प्रहरी चौकीका इन्चार्ज टोप बहादुर घलेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय