ट्रेन्डीङ्ग

जिल्लाको नौबहिनि गाउपालिका ६, बाहानेमा भएको जिप दुर्घटनामा घाइते मध्ये ३ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा २५ वर्षिय चालक लुकेश थापा, ४ वर्षिय चेतना बुढा र डेढ वर्षिय करूणा बुढा रहेको प्रहरिले जनाएको छ । दुर्घटनामा २ जना गम्भीर घाइते छन । गम्भिर घाइते ३० वर्षिय दल बहादुर खत्री र १२ वर्षिय अस्मपतालमा पुनमगर सहित अन्यको प्युठान अस्तालमा उपचार भइरहेको छ। बाग्दुलाबाट नौबहिनि गाउपालिका ५ डामृ जाँदै गरेको लु १ ज १५४५ नं को जिपमा १८ जना सवार रहेका थिए । दुर्घटनामा १३ जना सामान्य घाइते छन । घाइते हुनेहरूमा ५२ वर्षिय मिनाराम सुनार, २६ वर्षिय इन्द्र बहादुर बुढामगर, २३ वर्षिय रबिन घम, १८ वर्षिय धनमला थापामगर, ११ वर्षिय रोशन थापामगर, २८ वर्षिय होम बहादुर थापामगर, २८ वर्षिय मिनराज राना क्षत्री, ६० वर्षिय दिलसरि बिक, ११ वर्षिय रियासा थापा, २८ वर्षिय गोबिन्द केसि, २५ वर्षिय लक्ष्मि घर्तिमगर, २५ वर्षिय रेमशरा थापामगर रहेका छन । घाइते मध्य गोबिन्द केसि ऐरावति गाउपालिका र अस्मिता बुढामगर लुङ्गृ गाउपालिका रोल्पा निवासि हुन । अन्य सबै नौबहिनि गाउपालिका ५ डामृ निवासि रहेको प्रहरिले जनाएको छ ।                   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय