प्यूठान खवर । बसले मोटरसाइकललाई ठक्कर दिँदा प्युठानका २ युवकको मृत्यु भएको छ । रुपन्देहीबाट प्युठान आउने क्रममा भेरी यातायातको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाँदीकोछ र सौतामारेका २ युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झिम्रुक गाउँपालिका–२ बादिकोट निवासी राम बहादुर केसीको छोरा फिरोज क्षेत्री र झिमरुक गाउँपालिका –१ सौतामारे निवासी धुर्व खनालका छोरा सन्तोष खनाल रहेका छन् । आइतबार बिहान भएको सो घटनाबारे थप विवरण आउन बाँकी छ ।