
एलबी थापा,
प्युठान खवर । राष्ट्र र राष्ट्रियताका लागि हामि नेपालि सदैव लडिरहने प्राणि हौ । हाम्रो देश र हाम्रो स्वतन्त्रतामा हामि गौरवान्नित छौ । यतिबेला स्वदेश तथा बिदेश रहने जो सुकै नेपालिले पनि चुच्चे नक्सा भएको नेपालको तस्विर भाइरल बनाइरहेका छन । लामो समयदेखि अतिमक्रमित भुभाग कालापानी लिपुलेख र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपश्चात नेपालको नक्सा सामाजिक सञ्जालमा प्रोफाइल नराख्ने नेपाली सायद कमै होलान ।
यो तस्बिर पछील्लो ३ दिनदेखि प्रकृतिले दिएको अनुपम उपहार भाइरल बनिरहेको छ । चर्चित सेलिब्रेटी पत्रकार र अभियन्ता धेरैले यो तस्बिर शेयर र पोस्ट गरिरहेका छन । केहिदिन अघी प्युठान गौमुखि गाउँपालिकाका बरुण ध्वज मल्लले कुहिरो लागेको बेला नेपालको नक्सा जस्तै देखिने तस्बिर कैद गरी फेसबुकमा पोस्ट गरेको देखिन्छ ।
उनि फोटो खिच्न र फेसबुकमा राख्न निकै नै सौखिन छन । सुरुमा खिचेको फोटोमा चुच्चे नक्सा थिएन । तर पछी फोटोसपबाट इडीट गरी चुच्चो समावेश गरेको देखिन्छ । गौमुखी गाउँपालिका ५ नं वडा कार्यालय नजिकबाट सुन्दरमेला र नारीकोट तर्फ फर्किदा खिचेको दृश्य हो । २ दिनमै यो तस्बिर डाउनलोड गरी धेरैले शेयर गरेका छन ।
त्यही पोस्टलाइ आधार मानेर बुटवलमा रहनुभएकी लक्ष्मी केसीले पनि अन्त कतैको चुच्चो देखिने २ वटा तस्बिर सामाजिक सञ्जालमा राखेको देखिन्छ । यतिबेला सम्म मैले पनि खासै चासो दिएको थिएन । अचानक मंगलवार कान्तिपुरका निमेश बन्जाडेले त्यही फोटो पोस्ट गरेको देखे । लौ चुच्चोवाला पनि पो रहेछ त फोटो । बन्जाडे लगायत यो फोटो धेरैले पोस्ट गरेका छन ।
बल्ल ध्यान मोडियो र बरुणध्वज मल्लसँग कुरा गर्ने मौका मिलाएँ । उनले खिचेको तस्विर चुच्चो सहितको थिएन । तर पछी फोटोसपबाट चुच्चो थपेको सत प्रतिशत हो । उनि भन्छन यसरी भाइरल होला भन्ने त सोचेको थियन । चुच्चो थपेर गलत भएको हो भन्ने पक्षमा त म होइन तर वास्तविकता यस्तो थियो भन्नका लागि मात्र भाइरल तस्विरको बारेमा जानकारी दिन खोजिएको हो । फोटोको लागि बरुणध्वज मल्ललाइ धन्यवाद र शेयर गरी भाइरल बनाउने सम्पुर्णलाइ पनि ।