ट्रेन्डीङ्ग

काठमाण्डाै – प्रतिनिधि सभाको मङ्गलबारकाे बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन । बैठकले याे प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो । स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेस गर्न सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध भएको छ । याे विधेयकमा विचार गरियोस् भनी मङ्गलबारकाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकाेमा खुसी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आउँदा दिनमा छलफल गरिने बताउनुभयो । उहाँले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ ।’ प्रतिनिधि सभाको अर्काे बैठक यही जेठ २८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय