ट्रेन्डीङ्ग

काठमाडौं । संसदले रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले बताएका छन् ।

गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहितका युवा र केटी पक्षबीच झडप भएसँगै उनीहरूको हत्या भएको थियो ।

सो विषयमा घटनाको भोलिपल्टदेखि नै संसदमा सत्ता पक्ष र प्रतिपक्षले समेत संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । यो घटना जातीय विभेदका कारण नै भएको आरोप सहित छानबिनको माग गरिएको छ ।

दुईपक्षको झडपपछि केटी पक्षले कुटपिट गरेपछि नवराज विकसहितका युवाहरू ज्यान जोगाउन भेरी नदीमा हाम फालेको बताइएको छ । सो घटनामा छ जनाको शव भेटिइसकेको छ । स्रोत : अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय