
प्युठान (लिवाङ)। गौमुखी गाउँपालिका वडा नंवर ६ स्थित लिवाङमा चट्याङका कारण एक बालकको ज्यान गएको छ भने अर्का १ जना घाइते भएबा छन् । हावा हुरि र वर्षा सहित लागेको चट्याङले बुधवार ११ वर्षीय दिपक सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङ लागेर घाइते बालकको उपचारका लागि स्वास्थ्य चौकी लिबाङ्ग लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । त्यस्तै चट्याङकै कारण अर्का स्थानिय २५ बर्षीय शुरेस बि.क. समेत घाईते भएका छन। टाउकोमा चोट लागेर घाइते युवकलाइ उपचारका लागी जिल्ला अस्पताल बिजुवार ल्याईएको छ ।