ट्रेन्डीङ्ग

प्युठान । गौमुखि गाउपालिका गुल्मी – प्युठानका सिमा नाका बन्द गरिने भएको छ । नेपाल तरुण दल गौमुखी गाउपालिका ५ खुङ्ग इकाइले खुङ्गका सम्पुर्ण नाकाहरु बन्दी गर्ने भएको हो । गौमुखी गाउपालिकाको छिमेकी जिल्ला गुल्मिको मदाने गाउपालिका स्थित पुरकोटका एक ब्यक्तिमा कोरोना पुष्टि भए पछि सजकता आपनाउनको लागि पनि यो निर्णय गर्नु परेको तरुणदल इकाई सभापति निराजन बिक्रम मल्लले बताए ।

तरुणदल खुङ्ग इकाइले आज ( बुधबार ) देखि नै गुल्मिबाट खुङ्ग गाउमा प्रबेश गर्ने ५ वटा नाकामा तीन जनाको दरले स्वयंसेवक खटाउने समेेत निर्णय गरेको छ । त्यस्तै कोरोना बाट कसरी बच्ने भन्नेबारे सचतेना फैलाउनको लागि अन्य दलहरु सङ्ग पनि समन्वय गरि घरदैलो कार्य समेत गर्ने भएको छ । यसै गरि भारत र अन्य देशबाट आउने मान्छेहरुलाई सकुशल गाउँ ल्याउने र आबस्यक स्वास्थ्य जाँच गराई क्वारेन्टाइन राख्न पनि सहजीकरण समेत गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय