ट्रेन्डीङ्ग

प्युठान नगरपालिका १० मा नेपाली कांग्रेसका प्रभावशालि नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । वडा नं १० का वडा सभापति समेत रहेका माधव पराजुलिको नृतृत्वमा सोमबार २८ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन ।

नवप्रवेशिहरूलाई नेकपा एमाले स्थायी कमिटि सदस्य मणिचन्द्र थापा, जिल्ला कमिटि अध्यक्ष बिजयविराज विष्ट लगायतले एमालेमा स्वागत गर्दै प्रवेश गराउनुभएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजुलि ८ मतले पराजित हुनुभएको थियो । सोमबार ओपचारिक प्रवेश गरेका बाहेक अन्य नेता तथा कार्यकर्ताको नाम खुलाएको छैन ।

उनिहरूलाई निर्वाचन हुनु अगावै पार्टिमा प्रवेश गराउने तयारि भइरहेको एमाले प्युठानले जनाएको छ । प्युठान नगरपालिका १० को सारिवाङमा पराजुलि एमालेमा प्रवेश भएसंगै नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको निद हराम भएको छ भने गठबन्धनमा खैलाबैला मच्चिएको छ ।

निर्वाचनका लागि गठवन्धनमा जोड दिइरहेका कांग्रेस, राजमो र माओवादि केन्द्र बिचल्लिमा परेको एमाले प्युठानको भनाइ छ । पराजुलि एमाले प्रवेशसंगै वडा नं १० मा गठबन्धन सहितका दलहरूले हार बेहोर्नुपर्ने भएपछि उहांलाइ पार्टिमा फर्काउन जोड गरेका छन । लामो समयदेखि कांग्रेस राजनितिमा लागेपनि गठबन्धनका नाममा स्थानीय तहमा जवरजस्ति गठबन्धन गरिनु घातक रहेको नवप्रवेशि पराजुलिको भनाइ छ ।                                                       

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय