ट्रेन्डीङ्ग

प्यूठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अध्यक्ष पुष्पकमल दाहालका कारण अहिले पार्टीमा संकट आएको आरोप लगाएका छन् । नेकपा ओली समूहले बिहीबार पार्टी कार्यालय बिजुवारमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रचण्डले साविकको एमाले पार्टीभित्र खेलेर शक्ति आर्जन गर्ने दाउ राख्दै आएका कारण नेकपा पार्टीमा संकट आएको आरोप लगाएका हुन् ।

‘पार्टीमा देखा परेका मतभेदलाई मिलाउन प्रचण्ड कहिल्यै लागेनन्,’ पोखरेलले भने,‘त्यत्तिले नपुगेर हिजोआज फेरि पार्टीको सम्पत्ति कब्जा गर्न भन्दै पार्टीको नाममा रहेका बैंक खाताहरु रोक्का गर्दै छन् ।’ उनले प्रचण्डका हरेक क्रियाकलाप सहकार्यमा पार्टी र सरकार चलाउनेभन्दा अन्तरविरोधमा खेलेर पार्टीमा शक्ति आर्जन गर्नमा भएको टिप्पणी गरे ।

 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आएको संकटलाई अझै पनि मिलाउन सकिन्छ कि भन्ने रहेको बताए । ‘हामीले प्रचण्डलाई पार्टीको कार्यकारी अधिकारमात्र खोसेर अध्यक्ष पद अझै कायममै राखेका छौं,’ उनले भने, ‘प्रचण्ड-माधव नेपाल समूहले पार्टी अध्यक्षलाई कारबाही गरेको घोषणा गरेकाले थप संकट पर्दै गएको छ । ’ उनले अझै कानुनी रुपमा नेकपा एउटै पार्टी भएकाले प्रचण्ड‍-माधव नेपाल समूह सच्चिएर निर्वाचनमा जान सहमत भए अझै सँगै जान सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय