ट्रेन्डीङ्ग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले दुवै गटको भेलामा सहभागी नहुने निर्णय सुनाउनु भएको छ । पार्टी एकतालाई बचाउने भुमिकामा आफू लागेको प्रष्ट पार्दै उपाध्यक्ष गौतमले गुटभेला बहिष्कारको नीति लिनुभएको हो ।

 

संगठन बिभाग प्रमुखसमेत रहनुभएका गौतमले आफ्नो यही मान्यताअनुसार अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले आयोजना गर्नुभएको गुटभेलामा सहभागी हुनुभएन । ‘म कुनै पनि गुटको भेलामा जान्न, अहिले अलग अलग भेला गर्ने बेला होइन,’ प्रचण्ड–माधव समुहको गुटभेलामा सहभागी नहुनुको कारण प्रष्ट पार्दै जनताटाइम्ससँग उपाध्यक्ष गौतमले भन्नुभयो । उहाँले पाँच् नेताको बैठकमा भने आफू सहभागी हुँदै आएको र आगामी दिनमा पनि सहभागी हुने जानकारी दिनुभयो ।

 

उपाध्यक्ष गौतमले गुट भेलाबाट नभई बैठकबाट समस्याको हल खोज्नुपर्ने धारणा पनि राख्नुभयो । अहिले बैठकबाट सवै समस्याको हल खोज्ने समय हो,’ जनताटाइम्ससँग उपाध्यक्ष गौतमले भन्नुभयो । उहाँले आफू पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिने निर्णय प्रष्ट अडिने जानकारी पनि दिनुभयो । गुटभेलामा सहभागी हुन निवासमै आइपुगेका कार्यकर्तालाई पनि उपाध्यक्ष गौतमले यही सन्देश दिएर फिर्ता पठाउनु भएको छ । ‘म यो पार्टीको अभिभावक हो, मैले कुनै पनि गुटको भेलामा जान मिल्दैन, मैले पार्टी एकता बाहेक अरु केही सोंच्न मिल्दैन,’ भेलामा आउन आग्रह गर्ने कार्यकर्तासँग उहाँको भनाई थियो ।

 

यही मान्यताको कारण गौतम नेकपाका अर्का अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालको गुटले आज काठमाडौंमा आयोजना गरेको गुट भेलामा जान इन्कार गर्नभएको हो । बरिष्ठ नेता नेपाल दुई अध्यक्षबीच दुरी बढेको बेला गुट भेला राखेर अध्यक्ष केपी शर्मा ओलीसँग बदला लिने योजनाका साथ गुट भेलामा लाग्नुभएको छ । यही योजनाअनुसार आज पेसरडाँडामा आयोजना गरिएको गुट भेलामा बामदेवलाई ल्याएर संबोधन गर्न लगाउने नेपालको योजना थियो । तर गौतमले बहिष्कार गरिदिनुभएको छ ।

 

आजको भेलामा बामदेव नगएपछि नेपाल समुहले उहाँ आउनु र नआउनुको कुनै अर्थ नरहेको भन्दै अपमान गरेको छ । ‘बामदेव नआउनु ठूलो कुरा होइन,’ भेलापछि नेपाल निकट केन्द्रीय सदस्य जगन्नाथ खतिवडाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय