ट्रेन्डीङ्ग

प्यूठान (खबर) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय उपाध्यक्ष बामदेव गौतमले प्युठानमा सक्रियता बढाएको चर्चा चल्न थालेको छ । कोभीड १९ को संक्रमण सुरुवातको बेला नेता गौतमले पठाएको पीपीई सेट, सेनीटाइजर,  सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री जिल्लामा वितरण गरी सकिएको थियो । पछील्लो पटक अहिले फेरी प्युठानका स्थानीय तहमा स्वास्थ्य सामग्रि बितरण गर्नेदेखि लिएर अहिले भारी मात्रामा मास्क पठाएका छन । नेता गौतमले जिल्ला पठाएको १ लाख थान सर्जिकल मास्क जिल्लाभर वितरण भइरहेको छ ।

 

यी मास्क जिल्लाका सवै स्थानीय तह, ६४ वटै वडा, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नेपाली सेना, नेपाल प्रहरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपाका पालिका कमिटी, पत्रकार, जिल्ला प्रशासन, कारागार, राष्ट्रिय अनुसन्धान लगायतलाई वितरण गरिने कार्यक्रम रहेको बताइएको छ । पालिकामा पाँच सय, वडामा एक हजार, जिल्ला अस्पतालमा पाँच हजार, स्वास्थ्य कार्यालय दुई हजार पाँच सय, प्रहरीलाई दुई हजार, प्राथमिक स्वास्थ्य केन्द्र दुई हजार पाँच सय, राजनीतिक दललाई एक हजारका दरले वितरण गर्ने कार्यक्रम रहेको खबर छ । बामदेवले पठाएको स्वास्थ्य सामाग्रीमा मास्कका अलावा थर्मल गन, पिपिई सेट लगायत पनि छन् ।

संविधान सभा दोस्रो निर्वाचनमा प्युठानबाट भारी मतले बिजयी उपाध्यक्ष गौतम पछील्लो पटक संघिय सभा निर्वाचनमा भने बर्दिया हानीएका थिए । नेता गौतमकै अगुवाइमा संघीय निर्वाचनमा प्युठानमा बाम एकता गरी नेकपा मसालका महामन्त्री समेत रहेका मोहन बिक्रमको पत्नी राष्ट्रिय जनमोर्चा निकट दुर्गा पौडेललाइ बिजयी गराउन सफल भएको मानिन्छ । गौतम बर्दीया पराजीत भएपछी उनको चर्चा यत्तीमा सिमित रहेन उपनिर्वाचनमा लड्नेदेखी राष्ट्रिय सभामा मनोनित हुनेसम्मका चर्चा चलीरहे ।

 

सरकारका लागि कुटनितिक वार्ता र पार्टीको सांगठनिक कामका लागि योग्य ठानीने खरो स्वभावका नेता गौतमले प्युठानमा गतिविधि बढाएकाले फेरी पनि चर्चा चल्न थालेको हो । धेरैले आउँदो चुनाव लक्षीत गतिविधि हुनसक्ने आँकलन गरीरहेका छन । उनको यो गतिविधिले नेपाली कांग्रेस र राजमोमा फेरी तरङग पैदा भएको सबैले अनुमान गर्न थालेका छन । उनी चुनाव लड्दै आएको बर्दियामा चासो कम दिनुले प्युठानमा उनको स्वभाविक चर्चा चल्न थालेको हो । नेता गौतम जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदा समेत प्युठानी जनताले चाहेमा गृह जिल्ला फर्कने मनसाय ब्यक्त गर्दै आएका छन। उनको यो क्रीयाशिलतालाई आगामी निर्वाचनको तयारी भनेर जिल्लामा टिप्पणी हुन थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय