ट्रेन्डीङ्ग

सीता बिक,

प्युठान (नौबहिनि) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले एक जना पार्टि सदस्यलाइ निष्कासन गरेको छ । नौबहिनी गाउँ संगठन कमिटी वडा नं. ८ का वडा कमिटी सचिव भुप बहादुर पुनलाइ निष्कासन गरिएको बिज्ञप्ती जारि गर्दै सार्वजनिक गरेको छ ।

पुनले पार्टीको विधी, नीति, पद्धती र अनुशासन विपरित कार्य गर्दै आएको र पार्टीको विधान, सांगठनिक चरित्र र अनुशासनमा चल्न पटक पटक आग्रह गर्दा पनि अटेर गरि  पार्टीको अनुरोधलाई समेत बेवास्तता गरेको विज्ञप्तिमा उल्लेख छ । वडा सचिवको जिम्मेवारिमा रहेका पुनले पदिय आचरण लत्ताएर अराजक गतिविधी गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्युठानले आरोप लगाएको छ । विज्ञप्ति जारि भएको मितिदेखि पुालाइ पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।

बिज्ञप्ती हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय