ट्रेन्डीङ्ग

काठमाडौं ।  नेपालमा फेरि १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सोमबार बिहान १० जना संक्रमित थपिएका हुन् ।

कपिलवस्तुमा १० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार कपिलवस्तुको यशाेधरा गाउँ पालिकाको वडा नम्बर ५ तथा बुद्धभूमि नगरपालिकाको वडा नम्बर ७ र १० मा १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

संक्रमितहरु दुई जना २० तथा अन्य १८, १९, २४ र ३० वर्षका छन् । एक जनाको भने उमेर एकीन भइसकेको छैन ।  उनीहरू सबै पुरुष हुन् । संक्रमितहरुको स्वास्थ्य अवस्थामा भने सामान्य छ ।

सोमबार १० जना थपिएसँगै मुलुकमा कोरोना संक्रमित संख्या १ सय २० पुगेको छ । कोरोना लागेको १ सय २० मध्ये ३० जना भने पूर्ण रुपमा निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । बाँकी सबैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय