![](https://pyuthankhabar.com/wp-content/uploads/2022/07/Pyuthan-Khabar-Shankar.jpg)
गुल्मी जिल्लाका ब्लड क्यान्सर पिडित शंकर भुसालको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वार्ड न ३ हाडहाडे वर्दाबास निवासी भुसालको लुम्बिनी अञ्चल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो।
कक्षा ११ मा पढदै गरेका उमेरले उन्नाइस वर्षमा लागेका शंकर करिब डेढ वर्षदेखि ब्लडक्यान्सर जस्तो घातक रोगका कारण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । सुरुमा उहाँलाई ब्लड क्यान्सरको समस्या देखिएपछि परिवारले काठमाडौका विभिन्न अस्पतालहरुमा उपचार गराएका थिए।
उपचार पछि उहाँको स्वास्थ्य अवस्थामा केहि सुधार भएपनि भुसालको स्वास्थ्यमा पुन समस्या देखिएको थियो । भुसाललाई भगवती युवा क्लब हाडहाडे गुल्मी तथा, विभिन्न क्लब संङ्घ संस्था ब्याक्ती तथा आफन्तहरुको सहयोगमा उहाँलाई भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी हस्पिटल मा लगिएको थियो।
उपचार भइरहेका उहाँको ब्लड क्यान्सर अन्तिम स्टेजमा भएकाले राजिव गान्धी हस्पिटल प्रसासनले थप उपचार संम्भव नहुने बताएपछि शंकरले आफू जन्मिएको गाउँ घर फर्किने चाहना गर्नुभएको थियो ।
यदि आफू मरेपनि जन्मिएको ठाउँ मर्ने इच्छा राखेका भुसाल पछिल्लो समय नेपाल आएर लुम्बिनी अञ्चल हस्पिटलको आइसियुमा भर्ना भइ उपचार गराइरहनुभएको थियो । उपचारका लागि बिभिन्न सहयोगी मनबाट संकलित रकम उठाएर हर प्रयास गर्दा पनि बचाउन नसकिएको भगवती क्लवले जनाएको छ ।