प्युठान खवर । गौमुखि गाउपालिका ७ नारिकोटमा एकजनाको मृत अवस्थामा शब फेला परेको छ । अन्दाजी ४५ वर्षका स्थानीय धन बहादुर रोका शनिवार राति मृत अवस्थामा भेटिएका हुन ।
चैते दशैको निम्तोमा गौमुखि गाउपालिका ५ खुङमा निम्तो खाएर फर्केका रोका बेलुका साझसम्म दशमुरे-ढ्वाटमा देखेको स्थानीयले बताए । राति अबेरसम्म उनी घर नफर्केपछि स्थानीय र घरपरिवारले खोजतलास गर्न भनी गएका थिए ।
बाटैबाटो खोजतलास गर्ने क्रममा उनी ढ्वाटेखोला नजिकै मृत भेटिएका हुन । गाउघरमा उनको कसैसंग रिसइवि नभएपनि घटनाको प्रकृति हेर्दा शंकास्पद रूपमा हत्या गरिएको उनका आफन्तको आरोप छ ।
बाटो देखि केही तल लडेका उनि घोप्टो अवस्थामा फेला परेका हुन । अहिले प्रहरी र स्थानीय घटना स्थल पुगि उनको उद्वार कार्य जारि रहेको स्थानीय कोमल पुरिले जानकारि दिए । उनको पोष्टमार्टमका लागि प्युठान अस्पताल ल्याउने तयारि भइरहेको उनले बताए ।
सुनियोजित रूपमा हत्या भएको भन्दै स्थानीय र मृतकका आफन्तले प्रहरी प्रशासनलाई सत्य तथ्य छानबिनका लागि अनुरोध गरेका छन ।