
प्यूठान । सोमवार दिउँसो भएको अटो रिक्सा दुर्घटनामा २ जनाको ज्यान गएको छ । चेरनेटाबाट चकचके तर्फ जाँदै गरेको रा १ ह ५७०७ नम्बरको अटो रिक्सालाइ विपरित दिशाबाट आएको ट्रिपरले ठक्कर दिएको प्रत्यक्षदर्शिले बताए ।
अटोमा एउटै परिवारका सदस्य सवार थिए । दुर्घटनामा प्युठान न.पा. ३ घुर्चने निवासी वर्ष ३५ का अमृत थापा र वर्ष ४ का सुसान्त थापाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन ।
घाइते हुनेहरुमा वर्षा ८ कि दुर्गा थापा, वर्ष ३० कि पुनम थापा, वर्ष १६ कि विपना थापा र वर्ष १० का शुष्मा थापा रहेका छन् । घाइतेहरुको प्यूठान अस्पताल विजुवारमा उपचार भइरहेको छ ।
घटनापछी अटो ड्राईभर फ्रार रहेका छन भने टिप्पर र टिप्पर चालकलाइ प्रहरिले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।