ट्रेन्डीङ्ग

झइन्द्र भण्डारी,

प्युठान खवर । स्वर्गद्वारी नगरपालिकाका प्यूठानमा कोरोना संक्रमितको संख्या बढ्दै गए पछि कोरोना नियन्त्रणको लागि नगरपालिका भित्र रहेका शैक्षिक संस्थाहरू ,पसल, होटल, वैंक लगाएत बित्तीय संस्थाहरू वैशाख ९ गते देखि एक हप्तासम्मका लागि पूर्ण रूपमा बन्द भएका छन ।
वैशाख ८ गते बसेको स्वर्गद्वारी नगरपालिकाको सिसिएमसिले स्वर्गद्वारी नगरपालिका भित्र कोरोना संक्रमित बढ्दै गएपछि यस्तो निर्णय गरेको हो । नगरपालिकाले एक विज्ञप्ति सार्वजनिक गर्दै यो निर्णय जानकारी दिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरि खाद्यान्न पसल , फलफूल तथा तरकारी पसल , अस्पताल ,डेरि लगाएतका अत्यावश्यक सेवा भने आवश्यकता अनुसार सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ । यसैसङ्गै केही विद्यालयमा सञ्चालनमा रहेका परीक्षाहरू भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना सञ्चालन गर्ने भएको छ।
आज वैशाख ८ गतेमात्र प्राथमिक स्वास्थ केन्द्र भिङ्ग्री प्यूठानमा शंकास्पद १३ जनामा कोरोना परिक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्रका सि अहेव कमल परियारले जानकारी दिए । परियारका अनुसार अहिलेसम्म नगरपालिकाका ५४ जनामा कोरोना परीक्षण भएको छ जसमध्ये जम्मा ३६ जना कोरोना संक्रमित छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय