ट्रेन्डीङ्ग

बोम बहादुर परियार,
प्युठान खवर । स्वर्गद्वारी नगरपालिका १ कोचिबाङ खाल्टेका अग्नी पिडितलाई आज प्रमुख जिल्ला अधिकारी को नेतृत्वमा राहत बितरण गरिएको छ ।
आइतबार बिहान जङ्गलबाट निस्केको आगोले एउटा गोठ सहित ६ वटा घर गोठ जलेका थिए ।
पिडित परिवारलाई प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल ले जिल्ला बिपद ब्याबस्थापन कोस द्वारा घरगोठ जलेका ६ वटा घर धुरीका प्रत्यक परिवारलाई १० /१० हजारका दरले रकम उपलब्ध गराउनु भएको छ ।साथै उहाले छिटै जिल्ला बिपद ब्याबस्थाप समितिको बैठक बसि प्रदेस सरकारबाट पनि राहत उपलब्ध गराउने बताउनु भयो ।
त्यस्तै मातृशाेकमा परेका स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्र बहादुर रोकायले पनि आमाको पुण्यतिथिको भोलिपल्टै पिडित परिवारसमक्ष राहत लगेर पुगेका थिए । नगरपालिकाको नियम अनुसार घर गोठ जलेका ६ जनाको परिवारलाई १५/१५ हजार का दरले रकम उपलब्ध गराएको र गोठ मात्र जलेको परिवार लाई ५ हजार समेत उपलब्ध गराउनु भएको छ ।
त्यस्तै नेपाल रेड्क्रस सोसाइटी भिङगृ उपशाखा र उद्धोग बाणिज्य संघ प्युठान ले पनि अग्नि पिडित परिवार लाई तत्काल आवस्यक पर्ने लत्ताकपडा , दाल ,चामल ,नुन , तेल बेसार ,भाडाबर्तन , तृपाल जस्ता सामाग्री उपलब्ध गराएको छ।
आगालागी बाट खिम बहादुर बिक ,बिनाराम बिक ,बिष्णु बिक ,बेगम जिसि ,झक्कु प्रसाद पुन र डोम बहादुर जि सि को घरगोठ जलेको थियो भने अमृत बहादुर पुनको गोठ मात्र जलेको थियो । आगोले सान्ति सामुदायिक बन र बरा सामुदायिक बनमा समेत ठुलो क्षति पुराएको छ ।
राहत बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित , जिल्ला प्रहरी , ससस्त्र प्रहरी ,स्थानिय जनप्रतिनिधि , उद्धोग बाणिज्य संघ , नेपाल रेड्क्रस सोसाईटि लगायतको प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय