
प्युठान खवर ।
शंकटमा प्यूठानको छापा पत्रकारिता र सरोकारवालाको भूमिका विषयक अन्र्तक्रिया आज जुम्रीमा सम्पन्न भएको छ । हाम्रो एकता साप्ताहिको १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बत्ताहरुले विषयवस्तु र गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताएका छन् ।
प्यूठान जिल्ला शिक्षित र राजनैतिक चेतनामा अगाडी रहेको भन्दै पत्रकारिता क्षेत्रको सम्भावना अझै पनि रहेको बताएका छन् । उनीहरुले पत्रकारिता क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।
छापा पत्रकारिताको भविष्य संकटमा पर्दै गएको भन्द्रै उनीहरुले यो समस्या विश्वव्यापी भएको उल्लेख गरेका छन् । सूचना र प्रविधिको विकासले गर्दा चुनौती थपिएपनि छापा पत्रकारिताको सम्भावना र अवसर उत्तिकै रहेको बत्ताहरुको भनाई छ ।
सञ्चार संस्थाले मिडियालाई प्रभावकारी बनाउनका लागि निष्पक्ष पत्रकारितालाई आत्मसात गर्नुपर्ने सहभागीको सुझाव छ । पत्रकारितालाई संरक्षण गर्नका लागि सवै सरोकारवालाले प्रतिवद्धता समेत जनाएका छन् ।
पत्रिकाका प्रकाशक सम्पादक शुसील पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान केन्द्रका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरी, जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख पदम थापा, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपति, प्यूठान उद्योग वाणिज्य संघका उपाध्यक्ष यज्ञ बहादुर केसी प्रभातले आ आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य डा.शिवराज पण्डितले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत प्रकाश वैद्य र सञ्चालन महावीर रानाले गर्नुभएको थियो ।