ट्रेन्डीङ्ग

दीपेन्द्र सुनार,

प्युठान खवर । वायु प्रदुषणका कारण स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा बिज्ञानतथा प्रबिधी मन्त्रालयले देश भरका शिक्षण सस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेअनुसार झिमरुक गाउँपालिका प्यूठानका सम्पुर्ण विद्यालय बन्द भएका छन । सोही सुचनालाइ पालाना गर्दै प्युठान जिल्ला झिमरुक गाउपालिका भित्र का सम्पुर्ण निजि तथा सरकारी बिधालयहरु आउदो २० गते सम्मका लागि पुर्ण रुपमा बन्द भएका हुन ।

झिमरुक गाउपालिकाका शिक्षा अधिकृत मोहन बिसिका अनुसार वायु प्रदुषणका कारण देशब्यापी रुपमै बिद्यालय बन्द गर्ने निर्णय शिक्षा तथा प्रबिधी मन्त्रालयले सुचना जारी गरेअनुसार उक्त सुचनालाइ पालाना गर्दै यहि मिति २०७७ चैत्र १७ गते देखि २०७७ चैत्र २० गते शुक्रबार सम्म गाउपालिका भित्र का सम्पुर्ण बिधालय बन्द गर्न आग्रह समेत गरेको बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय