ट्रेन्डीङ्ग

प्युठान खवर । प्युठानको सरुमारानी गाउँपालिका ६ मोतिपुरमा शुक्रवार बिहान भएको स्कोर्पियो दुर्घटनामा १ को मृत्यु भएको छ भने ३ जना घाइते भएका छन । दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको रा १ ज ८०९ नम्वरको स्कारपियो दुर्घटना भएको हो । गाडीमा जम्मा ११ जना यात्रु सवार थिए । गाडी सडकबाट ५० मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार अर्घाखाँचीको शीतगंगा नगरपालिका( ७ का अन्दाजी ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइतेहरुको प्यूठान जिल्ला अस्पताल बिजुवारमा उपचार गराइएको छ । ब्रेक फेल भएका कारण स्कारपियो दुर्घटना भएको प्रहरीले यात्रुबाहक बससँग ठोक्किदा दुर्घटना भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय