ट्रेन्डीङ्ग

प्युठान खवर । जिल्लामा पछिल्लो समय लक्षण सहितका कोरोना संक्रमित बढ्दै गएका छन । पछिल्लो समय गौमुखी गाउँपालिकामा संक्रमित बढेका हुन् । बिहिवार बेलुसम्म स्वास्थ्य कार्यालय प्युठानले सार्जनिक गरेको तथ्याङक अनुसार प्युठानमा कोरोना संक्रमित पोजेटिभ हुनेको संख्या ८ सय ८८ जना पुगेको छ ।

 

जसमा सबैभन्दा धेरै प्युठान नगरपालिकामा २ सय १५ जना र सबैभन्दा थोरै गौमुखी गाउँपालिका ४० जना रहेका छन ।त्यसैगरी सरुमारानी गाउँपालिकामा १२९ माण्डवी गाउँपालिका १०३ ऐरावती  गाउँपालिकामा १०३ नौबहिनि गाउँपालिकामा ९७ स्वर्गद्वारी नगरपालिकामा ८७ झिमरुक गाउँपालिकामा ६४ र मल्लरानी गाउँपालिकामा ५० जना संक्रमित रहेका छन ।

 

हालसम्म जिल्लामा आरडिटि परिक्षण गर्नेको संख्या ११ हजार ९ जना रहेका छन भने पिसिआर परिक्षण गर्नेको संख्या ६ हजार ७ सय ५० जना रहेका छन । जसमध्ये ५ जनाको मृत्यु भएको छ । ५ हजार ८ सय ५७ जनाको रिपोर्ट नेगेटिभ आएको हो भने ८ सय ८८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

 

हालसम्म आइसुलेसनमा रहेका संख्या ४५ जना रहेका छन । निको घर जानेको संख्या ८ सय ३८ जना रहेको छ । पिसिआर परिक्षणका लागि स्वर्गद्वारी नगरपालिकाको स्वाव संकलन गरि पठाइएकोमा ५ जना नतिजा आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय