ट्रेन्डीङ्ग

प्यार अलि खाँन,
प्युठान खवर । स्थानीय सरकार प्रमुखले नै कोरोना संक्रमितको सरकारी निर्देशिका विपरित भब्य रुपमा दाहसंस्कार गराएको रहस्य खुलेको छ। नौबहिनि गाउँपालिकाका अध्यक्ष शिवप्रसाद रिजालले कोरोना संक्रमणबाट मृत्यु भएका आफ्नै पिता वर्ष ७८ का डिल्लीराज रिजालको मंसिर ९ गते बहानेमा भब्य रुपमा अन्त्यष्टि गराएका हुन्।

 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र तथा स्थानीयहरुलाई समेत मृत्युको कारण कोभिडबारे जानकारी नै नगराई दाहसंस्कार गराएकोप्रति नागरिक सरोकार समाज प्यूठानले कडा आपत्ति जनाएको छ। ‘निति निर्माण तहमा बस्ने स्थानीय सरकार प्रमुखले नै यस्तो गम्भिर लापर्वाही गर्ने?’ नागरिक सरोकार समाज प्यूठानका संयोजक सुमन सुवेदीले भने, ‘पहुँच हुनेले जे पनि गर्न पाउने छुट छ? नागरिकको स्वास्थ्यमा गंम्भिर खेलवाड गर्ने स्थानीय सरकार प्रमुखलाई कस्तो कार्वाही होला त?’

 

जिल्लाका सरोकारवाला निकाय यस खबरप्रति बेखबर भएकोमा सुवेदीले चिन्ता प्रकट गरे। ‘अहिलेको अवस्थामा यो जघन्य अपराध नै हो।’ सुवेदीले भने, ‘दाहसंस्कारमा सहभागी यतिबेला आक्रान्त बनेका छन्।’ कोभिडका कारण मृत्यु एवं दाहसंस्कारबारे गाउँपालिका प्रमुखले जानकारी नगराएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताए। ‘हामीलाई थाहा नै दिईएन।’ प्रमुख जिल्ला अधिकारी भुसालले भने, ‘यसबारे छिट्टै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा छलफल हुँदैछ।’

 

भेरी अस्पतालमा मंसिर २ गते भर्ना भएका रिजाल उपचारकै क्रममा ९ गते विहान उनको निधन भएको भेरी अस्पतालले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएका रिजालको कार्तिक ३० गते शिक्षण अस्पताल नेपालगंजमा स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। रिजालको दाहसंस्कारका स्थानीयहरु, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय