ट्रेन्डीङ्ग

प्यूठान । प्यूठानमा पछिल्लो तीन वर्षको अवधिमा  ८१ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार चालु आर्थिक वर्षको हालसम्म लैङ्गिक हिंसाका ९ वटा घटना दर्ता भएका छन् । त्यस्तै आर्थिक वर्ष ०७५/०७६ मा ४३ वटा, आर्थिक वर्ष ०७६/०७७ मा २९ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक देविप्रसाद गैरेले जानकारी दिनुभयो ।

 

दर्ता भएका घटनामध्ये धेरै जसो बालविवाह, बहुविवाह, जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगका मुद्धा रहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय अन्र्तगत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा आउने मुद्धाहरु संवेदनशिलता, गोपनियता र सेवाग्राहिको पिर मर्कालाई बुझेर समाधान गर्ने र केही जगन्य प्रकृतिको मुद्धाहरुलाई मेलमिलाप नगरी अदालतमा लाने गरिएको सुचना अधिकारी गैरेले बताउनुभयो ।

 

उहाँले भन्नुभयो,–‘लैङ्गिक हिंसाका घटनालाई कम गर्न प्युठान प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’ स्वयंम आफु सजक रहन सकेमा पनि लैङ्गिक हिंसाका घटनामा कमि आउने प्रहरी निरीक्षक गैरेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय