
जोगिन्द्र मल्ल,
प्युठान खवर । गौमुखी गाउँपालिका ५ स्थित खुङको खालमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको छ । गाउँपालिकाको आयोजनामा शनिवार एक समारोहका बिच समुद्घाटन गरीएको छ । यहाँका स्थानीयलाइ स्वास्थ्य इकाइ स्थापना भएपछी घर पायकमै स्वास्थ्य सेवा पाइने भएपछी खुसी भएका छन ।
यहाँका बासिन्दा स्वास्थ्य सेवा लिनका लागि खुङ स्वास्थ्य चौकी र नारीकोट स्वास्थ्य चौकी जानुपर्ने बाध्यता थियो । गौमुखी गाउँपालिकामा हालसम्म यो सहित ८ वटा सामुदायिक स्वास्थय इकाइ स्थापना भएका छन । यसैगरी गाउँपालिका भित्र ६ वटा स्वास्थ्य चौकी १ वटा आधारभूत स्वास्थ्य चौकी रहेका छन ।
गाउँपालिकामा सेवाग्राहीलाइ स्वास्थ्य सेवा पहुँचमा सेवा दिनका लागि २०७७ असार महिना देखि विशेषज्ञ सहितको एम.बि.बि.एस. डाक्टरबाट सेवा दिइदै आएको छ । यसैगरी सरकारले लिएको निति अनुरुप यो बर्ष गौमुखीमा १५ शैयाको हस्पिटल निर्माण प्रक्रियामा रहेको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरिले बताउनुभयो ।
स्वास्थ्य इकाइ समुद्घाटन कार्यक्रममा बोल्दै उहाँले ग्रामीण क्षेत्रका पिछडिएका एवम स्वास्थ्य सेवा बाट बन्चित बस्तीका स्थानीयबासीहरुलाई लक्षित गरि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको बताउनुभयो । गौमुखिका बासिन्दाहरुलाइ सहजै स्वास्थ्य सेवा पुर्याउनको लागि गाउँपालिकाको चासो रहेको उहाँको भनाइ थियो ।