ट्रेन्डीङ्ग

प्यूठान खवर । लगातारको अविरल वर्षा र झरीका कारण बाढिले प्यूठानमा बिनास गरीरहेको छ । लगातारको झरीले जनजिवन प्रभावित बनेको छ । गौमुखी गाउँपालिका र झिमरुक गाउँपालिका अन्तर्गत झिमरुक नदि किनारमा बाढीका कारण पाक्न लागेको धानवाली नष्ट गरेको छ ।

त्यसैगरी बाढीका कारण पहिरो जाँदा दर्जनौ ठाउँका ग्रामीण सडक अबरुद्ध भएका छन । बिहिवार बिहानदेखि अबरुद्ध बाहाने बाग्दुला अवरुद्ध सडक दिउँसो मात्र खुलेको छ । यस्तै नौबहिनि गाउँपालिकामा धेरै ठाउँमा पहिरो जाँदा कोदो वालिमा क्षति पुर्याएको छ । कैयौ घर तथा गोठ जोखिममा रहेका छन ।

बिगत ४ दिनदेखि लगातार अबिरल बर्षाको कारण प्युठान नगरपालिका -८ को विभिन्न ठाँउमा बाढीपहिरो जाँदा गोठमा पुरीएर १ भैसिको ज्यान गएको छ । यहाँका धेरैको घर पहिरोको उच्च जोखिममा रहेको छ भने धर्मावति नहर कुलो पहिरोले पुरिएको छ | वडावासीहरुलाइ सुरक्षित र सतर्क रहन आग्रह गर्दै वडा अध्यक्ष लिलापसिह केसीले सजकता अपनाउदै कुनै पनि समस्या परेमा वडामा सम्पर्क गर्नुहुन अनुरोध गर्नुभएको छ ।

लगातारको वर्षाका कारण बाढि आउँदा झिमरुक खोलाको सतह ह्वात्तै बढेको छ । बाग्दुलावासीहरुले झिमरुक नदिको वहाव अहिलसम्मकै ठुलो रहेको हुनसक्के अनुमान गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय