ट्रेन्डीङ्ग

प्युठान खवर । झिमरुक गाउँपालिका ४ बांगमेरोठ प्यूठानका प्रकाश जिसीको मृगौला फेल भएको २ वर्ष भइसक्यो । गाउँमा समाजसेवामा समर्पित ३५ वर्षिय जिसिले उपचारका लागि नधाएको ठाउँ छैन । सानैदेखिको समाजसेवी भावनाले समर्पित उनी आफ्नो परिवारलाइ सेटलमेन्ट नहुँदै थला परेपछी उनका सवै सपना अस्पतालकै बेडबाट चकनाचुर बनेका छन ।

आफ्नी श्रीमतीको साथमा प्रकाश जिसि

लाउँलाउँ र खाउँखाउँको उमेर हुँदा नै ३३ वर्षको उमेरमा उनी जीवनमा धेरै गर्नुपर्ने बाँकी रहँदै थला परेका छन । अहिले उनी २ वर्षकी छोरी र श्रीमतीको मलिन अनुहार हेर्दै बिगत भुलेर दिन बिताउन विवस छन् । हप्तामा २ दिन मृगौलाको डायलासिस गर्नुपर्ने हुन्छ । कम्तीमा पनि ५/७ हजार हप्तामा खर्च हुन्छ । ‘नियमित डायलसिस गर्नै गाह्रो हुनथाल्यो’, प्रकाशले भने, ‘ऋण खोज्ने ठाउँ पनि छैन्, डाक्टरले बाँचुन्जेल डायलसिस गर्नुपर्छ भनेका छन्।’

 

बुटवलस्थित सिद्धार्थ सिटी हस्पिटलमा नियमित डायलसिस गरिरहेका उनले पैसा हुनेले मृगौला प्रत्यारोपण गरेर पनि नयाँ जीवन पाएपनि आर्थिक अभावमा सहयोगको याचना गरेको बताए । उनका भाई हिमाल जिसीले मृगौला दिन तयार भएपनि प्रत्यारोपण गर्न पैसा नभएपछि उनी पछिल्लो २ वर्षदेखि ओछ्यानमै थलिन बाध्य छन् ।

विरामी हुनुपूर्व श्रीमतीसँगै प्रकाश ।

जिसी र उनको परिवारले घर र अस्पतालमा भेट्न आउने जो कसैलाई पनि बचाउँन हारगुहार गरिरहेका छन् । सामाजिक सञ्जालमा आफूजस्तै पीडामा परेकाहरुले नयाँ जीवन पाएको खवर सुन्दा थोरै भएपनि उनमा बाँच्ने आशा पलाएपनि अँझै सहयोगि मन भेटाएका छैनन जिसि परिवारले । आफु बिरामी र श्रीमती समेत आफ्नै स्याहार सुसारमा ब्यस्त रहनुपर्ने भएकाले अगुवाई गर्ने कोही नभेटिदा उनले नयाँ जीवन पाउने आशा समेत मारेका छन् । आफूले नयाँ जीवन पाउनसके बाँकी दिनहरुमा आफुजस्तै दिनदुखिहरको सेवामा समर्पित हुने प्रण गरेका छन ।

 

दुई वर्षसम्म जसोतसो डायलसिस गर्दै आएपनि अव नियमित डायलसिस गर्न आर्थिक समस्याले संभव नरहेको उनकी श्रीमती उमा जिसिले बिलौना सुनाइन । मृगौला प्रत्यारोपण गर्दा सरकारले शल्यक्रियाको खर्च निःशुल्क गरिदिने भएपनि बाँकी लाग्ने १२ देखि १५ लाख रुपैयाँ जुटाउने कुरा उनलाई सपनाजस्तै लागेको छ । प्रत्यारोपण गर्ने पैसा जुटाउन सके जिसीले नयाँ जीवन पाउनेछन् । यो परिवार हाल शिवपुर नगरपालिका ५ चन्द्रौटामा बस्दै आएको छ । यो खबर केशर रोकाले आजको पोस्टमा लेखेका छन । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय