ट्रेन्डीङ्ग

प्यूठान, १८ भाद्र । कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा बुटवलमा मृत्यु भएको हो । कलेजोको विरामी भएकाले उपचारका लागि भदौ १० गते उपचारका लागि बुटवल लगिएको थियो ।

 

सिरियस विरामी भएकाले उहाँको गौतमबुद्ध अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइराखेको थियो । उपचारको क्रममा भदौ १५ गते स्वाव संकलन गरिएको र त्यसको नतिजा १६ गते पोजेटिभ देखिएको आफन्तलाई उद्धृत गर्दै स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य संयोजक दलबहादुर केसीले बताउनुभयो । यसअघि भदौ ५ गते स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय